१२ केजी गाँजासहित दुईजना सर्लाहीबाट पक्राउ

जनकपुरधाम-लागुऔषद गाँजा सहित दुईजना सर्लाहीमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नं. ३ का ३० वर्षीय तौसिफ राजा मिकनारी र ३१ वर्षीय अजमल मिकनारी रहेको २ नम्बर प्रदेश प्रहरी जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिएका छन्।

दुवैजनालाई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लुकाई छिपाई १२ किलो अबैध लागुऔषद गाँजा सहित मलंगवा नगरपालिका वडा नं. ६ खुटौनाको नहर स्थितबाट नियन्त्रणमा लिएको प्रहरी प्रबक्ता सापकोटाले जानकारी दिए।

जेठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्