तपाईंको स्थानीय तह र प्रदेशले कति बजेट पायो? (हेर्नुहास् पूरा विवरण)

तत्कालीन अर्थ मन्त्री युवराज खतिवडा

काठमाडौँ सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि बिहीबार बजेट प्रस्तुत गरेको छ।

सरकारले आगामी वर्ष कोरोनाका कारण बजेटका स्रोतहरुमा संकुचन आउने बताउँदै चालू आर्थिक वर्षमा भन्द ५८ अर्ब कम बजेट प्रस्तुत गरेको छ।

तर अर्थमन्त्री युवराज खतिवडाले प्रदेश र स्थानीय तहलाई जाने बजेटमा भने  अन्तर सरकारी वित्तीय हस्तरणमार्फत  चालू आर्थिक वर्ष जत्तिनै विनियोजन गरिएको जनाएका छन्।

सरकारले आगामी आर्थिक वर्षका लागि सात प्रदेशका लागि ९९ अर्ब ८७ करोड विनियोजन गरेको छ। सात ५३ स्थानीय तहका लागि २ खर्ब ६३ अर्ब ७५ करोड विनियोजन गरेको छ।

सरकारले ६ वटा महानगरपालिका लागि ९ अर्ब ४७ करोड, उपमहानगरपालिका हरुका लागि ९ अर्ब ९ करोड, नगरपालिकाहरुका लागि एक खर्ब १५ अर्ब ९८ करोड विनियोजन गरेको छ।

गाउँपालिकाका लागि एक अर्ब २८ करोड १९ लाख विनियोजन गरेको छ। प्रदेश र स्थानीय तहका लागि सरकारले समानीकरण, सशर्त, विशेष र समपुरक गरी चार किसिमको बजेट दिने गरेको छ।

प्रदेश र स्थानीय तहका लागि सरकारले ३ खर्ब ६२ करोड ६३ करोड विनियोजन गरेको छ। २०७७/७८ का लागि खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड संसदमा प्रस्तुत गरेका छन्।

चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत भएको थियो।

जेठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्