कोरोनालाई हराएर घर फर्किदाको क्षण..

दाङ-सुरुका दिनमा बाहिरी जिल्लाका बिरामीलाई उपचारका लागी ल्याउनु हुदैन भनेर खुवै हल्ला खल्ला भयो । एउटा गाउँपालिकाले त सार्वजनिक रुपमै विज्ञप्ति निकाल्यो। तर, कोरोना संक्रमित बिरामीको उपचार प्रदेश स्तरीय कोरोना बिशेष अस्पतालमा गरिनुपर्ने तर्कले जीत्यो । अनी बेल्झुण्डीमा संक्रमित भर्ना गरेर उपचार थालियो।

अहिले यहाँ भर्ना भएका ८ जना संक्रमित निको भएर घर फर्किएका छन् । उत्साहीत मुद्रामा उनिहरु घर फर्किएका हुन्। कोरोना बिशेष अस्पतालमा भर्ना भएको १४ दिनमा कोरोना भाइरसलाई जीतेर आठ जना बिरामी घर फर्किएका छन्।

शुक्रबार कोरोना बिशेष अस्पताल बेल्झुण्डीले आठ जना बिरामी निको भएपछी डिस्चार्ज गरेको छ। कोरोनालाई जीतेर फर्किएकाहरुले भाइरस संग डराउन नहुने सन्देश दिएका छन् ।‘यो कुनै ठुलो रोग होइन, जीत्न सकिन्छ। आत्मबल ठूलो बनाउनु पर्छ’घर फर्किदै गरेका एकजनाले भने–‘सावधानी अपनाए यो रोगलाई हराउन सकिदो रहेछ।’

कोरोना बिशेष अस्पताल बेल्झुण्डीमा भर्ना भएका आठ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएका हुन् । बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नं. ११, गान्धीनगर कपिलवस्तुका एक जना र दाङ गढवा गाउँपालिका वडा नं. ४ का एक जना गरी आठ जना कोरोना संक्रमित बिरामी निको भएर घर फर्किएका हुन्।

निको भएर घर फर्किनेहरु १८ बर्ष देखी ४३ बर्ष उमेर समुहका रहेको कोरोना बिशेष अस्पताल बेल्झुण्डीका सदस्य सचिव डाक्टर सर्बेश शर्माले जानकारी दिए। शुक्रबार अस्पतालले उनिहरुलाई फूलका गुच्छा दिएर विदाइ गरेको छ। अहिले कोरोना बिशेष अस्पतालमा ३७ जना संक्रमितको उचार भइरहेको छ।

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्