रौतहटमा थप ५६ जना संक्रमित भेटिए, अधिकांश भारतबाटै फर्किएका

पर्सा-रौतहटमा शुक्रबार एकैदिन थप ५६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्।

जिल्लाको ४ वटा नगरपालिकामा गरि ५६ जना थप कोरोना संक्रमित भेटिएका हुन। जसमध्ये सबैभन्दा बढी राजपुर नगरपालिकामा ३३ जना, इशनाथ नगरपालिकामा १५ जना, मौलापुर नगरपालिकामा ६ जना र बौधिमाई नगरपालिकामा २ जनामा कोरोना सँक्रमण भेटिएको हो।

ईशनाथ नगरपालिकामा थप १५ जनामा कोरोना सँक्रमितहरु भेटिएको नगरपालिकाका स्वास्थय सँयोजक ईसराजुल खाँनले जानकारी दिए।उनले सँक्रमित सबैजना भारतको दिल्ली र मुम्बईबाट फर्किएर क्वारेन्टाईनमै बस्दै आएको बताए।

उनीहरुको गत जेठ ९ गते स्वाब सँकलन गरिएको थियो।यस्तै राजपुर नगरपालिकामा पनि सँक्रमितहरु भेटिएको र अहिले उनीहरुको डाटा आउने क्रममा रहेको नगरपालिकाका स्वास्थय सह सँयोजक खुरसेद आलमले बताए।

यस्तै मौलापुरमा भेटिएका सँक्रमितहरु पनि भारतबाट फर्किएर क्वारेन्टाईनमा बस्दै आएको नगरपालिकाका स्वास्थय संयोजक सुरेन्द्र साहले जानकारी दिए।

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्