क्वारेन्टाइनबाट भागेका युवामाथि गाउलेद्वारा ढुंगामुढा

धनगढी-बाजुरामा क्वारेन्टाईबाट भागेका युवकलाई स्थानीयले ढुङ्गामुढा गरि गाउँ प्रवेशमा रोक लगाएका छन्।

जिल्लाको खप्तडछेडेदह गाँउपालिका वडा नम्बर २ मालिका मावीको क्वारेन्टाईनबाट भागेका २५ वर्षीय युवकमाथि स्थानीय ढुङ्गामुढा प्रहार गरी गाउँ पस्न नदिएका हुन।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नाायब उपरिक्षक टंकप्रसाद भट्टराईले ती युवकलाई स्थानीयले ढुङ्गामुढा प्रहार गरी गाउँ प्रवेश गर्न नदिएको बताए।उनी बुधवार भारतबाट आएर क्वारेनटाइनमा बसेका थिए।

क्वारेन्टाईबाट भागेर गाउँ फर्किएका उनलाई प्रवेश गर्न नदिएपछि फेरी क्वारेन्टाइनमै फर्काईएको छ।

गाँउलेको ढुङगामुढा प्रहारबाट उनको टाँउकोमा चोट लागेको छ।उनलाई जयबोश्वरी स्वास्थ्य चौकीमा उपचार पछि क्वारेन्टाईन फर्काइएको छ।

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू