बजेटको आलोचना गर्न कांग्रेस सांसदलाई विज्ञका ‘गाइड लाइन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुलाई पार्टी निकट अर्थशास्त्रीहरुले संसदमा प्रस्तुत भएको बजेटबारे प्रशिक्षण दिएका छन्।

बिहीबार संघीय संसदमा प्रस्तुत भएको आर्थिक वर्ष २०७७/७८ को बजेटमाथि संसदमा कसरी प्रस्तुत हुने भएर विज्ञहरुले सांसदलाई ‘गाइड लाइन’ दिएका हुन्।

शुक्रबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा पूर्वअर्थमन्त्री समेत रहेका डा. रामशरण महत, स्वर्णिम वाग्ले, विश्व पौडेल, गोविन्द पोखरेल र जगदिश पोखरेलले सांसदहरुलाई बजेटको समग्र पक्षबारे जानकारी गराए।

पाँचै जना विज्ञहरुले बजेट महत्वकांक्षी भएको, प्राथामिकता प्रष्ट किटान नगरिएको, रकम छरिएका र परम्परागत भएकाले अहिलको अवस्थालाई सम्बोधन नगर्ने नहुने प्रस्तुत हुन सुझाव दिए। पूर्व अर्थमन्त्री महतले बजेट प्रचारमुखी, लोकप्रियता कमाउने सबै क्षेत्रको कुरा गरेर प्राथामिकता भूलेको भनेको टिप्पणी गरेको सांसद डिला संग्रौलाले जानकारी दिइन्।

यस्तै अर्थविद् डा. विश्व पौडेल पनि बजेट महत्वकांक्षी भएको, बजेटका स्रोत भने जसरी नजुट्ने विषयलाई संसदमा उठाउन आग्रह गरे। उनले बाहिरबाट लाखौं मानिस स्वदेश फर्किने भएकाले सरकारले सात लाखलाई रोजगारी सिर्जना गरे पनि त्यो समेत संभाव नभएको बताए।

पौडेलले गत वर्ष नै फेल भएको प्रधानमन्त्री रोजगारी कार्यक्रमलाई निरन्तरता दिएर कार्यकर्ता पाल्ने योजना ल्याइको टिप्पणी गरे।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पनि बजेट क्षेत्रगत रुपवमा प्राथामिकरण नभएको, शिक्षा र स्वास्थ्यमा बजेट बढे पनि खर्च गर्न सक्ने क्षमताप्रति आशंका गर्नुपर्ने उल्लेख गरे।

उनले पनि बजेटको आय र व्ययमा विश्वसनियता नभएको र बजेटमा मितवियिता पनि कायम गर्न कठिन हुने उल्लेख गरे। कोरोनापछि पनि जीवन रहन्छ भन्ने कुरा बजेटले बिर्सिएको उनले उल्लेख गरे।

वाग्लेले यो वर्ष वैदेशिक अनुदान नआउने र भने जटि राजश्व पनि नउठ्ने दाबस् गरे। उनले आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा कम हुने विषयलाई गम्भीरता पूर्वक संसदमा उठाउन सुझाव दिए। उनले भने, ‘सरकारको आर्थिक वृद्धिको लक्ष्य सही छैन। आगामी वर्ष २.३ प्रतिशत पनि होइन एक भन्दा कम आर्थिक वृद्धि हुन्छ।’

सार्वजनिक खर्चलाई अपेक्षाकृत रुपमा कटौती नगरिएको कुरालाई पनि उठाउन उनले आग्रह गरे।

अर्का अर्थविद् जगदिश पोखरेलले बजेटले आम्दानी र खर्चको वस्तुपरक ढंगले नगरेको उल्लेख गरे। उनले भने, ‘यो बजेटले अघिल्लो वर्षको बजेटको कमी मकजोरी ढाक्ने काम मात्र मात्र गरेको छ। गरिब, किसानले के पाउने भन्ने प्रष्ट छैन। कोरोाापछि तंग्रिने भने पनि स्पष्ट बाटो छैन।’

सभापति देउवाले बजेटप्रति संसदमा कडा रुपमा प्रस्तुत हुन निर्देशन दिँदै रुकुम पश्चिम घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए।

गगनको गुनासो

सांसद गगन थापाले सांसद विकास कोषको रकम कटौती गर्न पार्टीले पहल नगरेको भन्दै असन्तुष्टि व्यक्ति गरे।

स्रोतका अनुसार उनलाई बैठकमा बोल्न नदिने तयारी भए पनि बोल्न पाउनुपर्ने भन्दै आवाज उठाए पनि समय दिइएको थियो। उनले सांसद विकास कोष कटौती गर्नुपर्छ भनेर पार्टीले निर्णय गर्ने तर त्यसका लागि पहल नगरेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘पार्टीले सांसद विकास कोष खारेज गर्नुपर्छ भनेर भन्यो तर ठोस पहल गरेन। म या कार्यक्रमको विपक्षमा छु। यो पैसालाई कोरोना नियन्त्रणमा लगाउन सकिन्थ्यो।’

थापाले पार्टीले अर्थतन्त्रबारे छलफल गर्न विज्ञ समूह गठन गरे पनि आफूलाई जानकारी नदिएको भन्दै असन्तुष्टि जनाए।

बैठकमा सांसद विनोद चौधरीले बजेटले निजी क्षेत्रलाई उपेक्षा गरेको दाबी गरे।

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू