कोरोना अपडेटः संक्रमित १२ सय १२, निधन ६, संक्रमणमुक्त २०६

काठमाडाैँ– नेपालमा कोरोना संक्रमितको १२ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेकाे छ।

भारतबाट फर्कनेहरुको संख्या बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ।

कोरोनाको संक्रमणबाट अहिलेसम्म नेपालमा ६ जनाले ज्यान गुमाइसकेका छन्। अर्घाखाँचीका एक युवकको भारतबाट नेपाल आउने क्रममा मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार २०६ जना कोरोना संक्रमित उपचार पश्चात निको भएर घर फर्किएका छन्। साथै कोरोनाको संक्रमण ५२ जिल्लामा फैलिएको छ।

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू