विद्य‌ुतीय गाडिमा ८० प्रतिशत कर बढाएको भन्‍दै नाडा अटोमोबाइल्सद्वारा फिर्ता लिन माग

काठमाडौँ– नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले सरकारले विद्य‌ुतीय सवारी साधनमा ८० प्रतिशत भन्सार शुल्क कायम गरिएको घोर आपति जनाएको छ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल्स् मारमा पर्ने गरी सरकारले भन्सार कर बढाएकोमा नाडाले घोर आपति जनाएको बताए।उनले भने, ‘गडीको मूल्य दोब्बर हुने गरी नै कर बढाएकाले नाडाले यसको विरोध गरेको छ।

सरकारले बढाएको भन्सार कर सत्प्रतिशत फिर्ता लिनु पर्ने उनको माग छ। ‘यो सरकारले भन्सार कर फिर्ता लिनु पर्ने हाम्रो माग हो’ उनले भने ‘समाजसँग प्रत्यक्ष असर पर्ने कुरालाई जसरी नि सरकारले फिर्ता लिनु पर्छ।’

उनले यससँग सम्बन्धी सरकारलाई विज्ञप्ति बुझाउने तयारीमा भएको बताए। ‘आज हाम्रो कार्य समितिको छलफल छ। सरकारलाई यो फिर्ता गर्न सहमत गराउने छौँ’ उनले भने। एनले सरकारले हाम्रो माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।

अर्थमन्त्री डा.युवराज खतिवडाले संसद भवनमा बजेट पेश गर्दै बिहीबार सरकारले विद्युतीय सवारी साधनमा कर बढाइएको बताएका थिए।बजेट अनुसार विद्युतीय सवारी साधनमा ८० प्रतिशत भन्सार शुल्क कायम गरिएको छ। आगामी वर्षमा यो शुल्क १० प्रतिशत थियो भने भ्याट १३ प्रतिशत र सडक दस्तुर ४ प्रतिशत मात्रै कायम थियो ।

बजेटमा ५० किलोवाटसम्मका मोटर जडान भएका कारमा ३० प्रतिशत अन्तःशुल्क लगाउनुका साथै ५० देखि १०० किलोवाटसम्म मोटर जडान भएका सवारीमा ४० प्रतिशत अन्तःशुल्क कायम गरिएको छ ।

यस्तै १०० देखि १५० किलावाटसम्मका मोटर जडान भएका सवारीमा ५० प्रतिशत र १५० देखि २०० किलोवाट मोटर जडान भएका सवारीमा ६० प्रतिशत, २०० देखि ३०० किलोवाट क्षमताका मोटर जडान भएका सवारीमा ७० प्रतिशत र त्यसभन्दा माथि किलोवाट क्षमता भएका मोटर जडान भएका सवारीमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने भएको बजेट पेश गर्दै अर्थमन्त्री डा.खतिवडनले बताएका थिए।

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्