पर्सामा कोरोना संक्रमतिको संख्या १०० पुग्यो

वीरगञ्ज– शुक्रबार पर्सामा पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

पर्सामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा कुल संक्रमितको संख्या एक सय पुगेको प्रदेश २ को समाजिक विकाश मन्त्रालयले जानकारी दिएको छ ।

जिल्लाको पोखरिया नगरपालिकामा ४ जना र जिराभवानी गाउँपालिकामा एक जनामा कोरोना संक्रमणको पुष्टि भएको समाजिक विकाश मन्त्रालय प्रदेश २ का सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।

पोखरिया नगरपालिकामा भेटिएका संक्रमितहरु गत जेठ ९ गते भारतबाट फर्केर रामदेव साह कलवार स्कुलको क्वारेन्टाइनमा बस्दै आएका थिए। क्वारेन्टाइनमा रहेका उनीहरुको गत जेठ १३ गते थ्रोट स्वाब संकलन गरिएको थियो।

यस्तै बारा जिल्लाको पचरौता नगरपालिकामा पनि शुक्रबार चार जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। उनीहरु चारैजना भारतको हरियाणाबाट आएको नगरपालिकाका स्वास्थ्य संयोजक नवल यादवले जानकारी दिए।

योसँगै बारामा कोरोना संक्रमितहरुको संख्या ५८ पुगेको छ। पर्सा र बारामा भेटिएका संक्रमितहरुको नारायणी अस्पताल वीरगञ्जमा पिसिआर परिक्षण गरिएको थियो।

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्