गायक अमृत क्षेत्रीको परदेशीको पीडा समेटिएको गीत ‘जहाजै चढेर’

काठमाडौँ– गायक अमृत क्षेत्रीको गीत ‘जहाजै चढेर’ सार्वजनिक भएको छ। शुरशाला स्टुडियोको प्रस्तुतीमा बनेको गीत शुक्रबार सार्वजनिक भएको हो। गीतमा परदेशीको पीडा समेटिएको छ।

गीतको शब्द अमृत आफैले लेखेका हुन्, यो गीतलाई क्षेत्री आफैले कम्पोज गरेका हुन्। यो गीतलाई बिबि अनुरागीले एरेञ्ज गरेका हुन् भने श्यामश्वेत रसाइलीले मिक्स गरेका हुन्। प्रिस्मा स्टुडियोमा रेकर्ड भएको यो गीतको यूट्यूबमा शाब्दिक भिडियोमात्रै सार्वजनिक भएको हो। गीतको भिडियोमा क्षेत्री आफै देखिएका छन्।

यो भन्दा अगाडि क्षेत्रीले मगमग गीत सार्वजनिक भएको थियो। क्षेत्रीले मैले हेर्ने एउटा तारा, त्यो दिन आएन जोगी लगायत थुप्रै चर्चित गीत सिर्जना गरिसकेका छन्।

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्