रोल्पामा चट्याङ परेर दुई जनाको मृत्यु

सांकेतिक तस्बिर

दाङ–रोल्पामा चट्याङमा परेर दुईजनाको मृत्यु भएको छ।

शुक्रवार घरमै बसिरहेका बेलामा चट्याङ पर्दा गम्भीर घाइते भएका त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ निवासी ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढाको रोल्पा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए।

रोल्पामा चट्याङ लागेर यो वर्ष मात्रै ४ जनाले ज्यान गुमाइसकेका छन् ।

जेठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्