प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह

प्राविधिक महासेनानी डा. भरतबहादुर भण्डारीलाई दर्ज्यानी चिह्न लगाइदिँदै प्रधानसेनापति पूर्णचन्द्र थापा।

मन्त्रिपरिषद्को गत सोमबारको निर्णय अनुसार वीरेन्द्र अस्पतालमा कार्यरत प्राविधिक रथी तथा अधिकृतहरुलाई शुक्रबार जंगी अड्डामा आयोजित विशेष समारोहका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

प्रधानसेनापति थापाले प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका वीरेन्द्र अस्पतालका सहायक रथी डा. नगेन्द्रबहादुर केसी, प्राविधिक सहायक रथी दर्जामा पदोन्नति भएका सोही अस्पतालका प्राविधिक महासेनानी डा. भरतबहादुर भण्डारी र प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएका सोही अस्पतालका प्राविधिक प्रमुख सेनानी डा. सुमनराज डंगोललाई दर्ज्यानी चिन्ह प्रदान गरे।

पदोन्नति भएका प्राविधिक उपरथी डा. नगेन्द्रबहादुर केसीलाई सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको जिम्मेवारीमा नियुक्त गरिएको छ भने अन्य रथी तथा अधिकृतहरुलाई सोही अस्पतालमा पदस्थापन गरिएको छ।

जेष्ठ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू