ला लिगाका रोकिएका खेलहरु जुन ११ देखि हुने पक्का

स्पेनिस ला लिगा फुटबल आउँदो जुन ११ देखि पुनः सुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएका खेलहरु बन्द रंगशालामा जुन ११ देखि हुने भएका हुन् ।

जुन ११ मा रियल बेटिसले सेभिल्लासँग प्रतिस्पर्धा गर्ने छ । आउँदो सिजन सेप्टेम्बर १२ देखि सुरु हुने तय भएको छ । यो सिजन जुलाई १८–१९ को सप्तान्तमा टुंग्याउने तयारी आयोजकको छ ।

तर त्यसलाई कोरोना भाइरसको संक्रमणको अवस्थाले प्रभावित गर्न सक्ने छ । स्पेन सरकारले खेलकुद विभागले ला लिाग र स्पेनिस सकर फेडेरेशन (आरएफइएफ) सँग लिग पुनः सुरु गर्ने सम्बन्धी सहमति भएको जनाएको छ ।

स्पेनमा फुटबल लिगहरु गएको मार्च १२ देखि रोकिएका छन् । प्रधानमन्त्री पेद्रो सान्चेजले यसअघि खेलहरु जुन ८ देखि सुरु हुन सक्ने बताएका थिए ।

जेष्ठ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्