काइली जेनरलाई फोर्ब्सले अर्बपतिको सूचिबाट हटायो

प्रतिष्ठित म्यागजिन फोर्ब्सले अमेरिकी रियालिटी टिभी स्टार एवम् उद्यमी काइली जेनरलाई अर्बपतिको सूचिबाट हटाएको छ ।

यो वर्षको सूचि शुक्रबार जारी गरेको फोर्ब्सले सूचिबाट हटाउँदै जेनरको सम्पतीका सम्बन्धमा उनको परिवारले बढाइचढाइ गरेको आरोप लगाएको छ ।

जेनरको आफ्नै कस्मेटिक लाइन छ । जेनर परिवारले सबैभन्दा कान्छी सदस्य काइलीको सम्पत्ती वास्तविक भन्दा धेरै देखाउनका लागि लामो प्रयास गरेको फोर्ब्सले उल्लेख गरेको छ ।

तर ट्वीट गरेर काइलीले फोर्ब्सको आरोप खारेज गर्दै सो अभियोग असत्य र अप्रमाणित रहेको उल्लेख गरेकी छन् । फोर्ब्सले विश्वका १०० धनी व्यक्तिको सूचिमा उनलाई नराखेको आक्रोश ट्वीटरमा पोखेकी हुन् ।

सन् २०१९ मा काइलीलाई विश्वकै सबैभन्दा कम उमेरको ‘सेल्फमेड बिलेनियर’ घोषित गरेको थियो।

जेठ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्