हत्या आरोपमा दुईजना पक्राउ

सांकेतिक तस्बिर

विराटनगर – जिल्ला प्रहरी कार्यालय सुनसरीले हत्या आरोपमा दुईजनालाई सुनसरीको बराह क्षेत्रबाट पक्राउ गरेको छ।

शनिबार बराह क्षेत्र ईक्राहीका २२ वर्षीय गणेश लिम्बु र १९ वर्षीय प्रदीप राजधामीलाई बराह क्षेत्र ३ बांगेका कमल राईको हत्या आरोपमा पक्राउ गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनरका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले बताए।

प्रहरी नायब उपरीक्षक तिम्सिनाका अनुसार सुनसरी प्रहरीले शुक्रबार बिहान बराह क्षेत्र ईक्राहीको जमुनाकित्तास्थित प्लटिंग गरिएको खुला जमिन ३७ वर्षीय राई मृत अवस्थामा फेला पारेको थियो।

घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक राईको टाउको तथा शरीरमा चोट देखिएपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको उनले बताए। अनुसन्धानका क्रममा पक्राउ परेका दुवैजनाले पूर्व रिसिइबीका कारण लाठीले मृतक राईको टाउको र शरीरको संवेदनशील भागमा निर्घात कुटपिट गरेको स्वीकार गरेका छन्।

सोही कुटपिटका कारण उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ। हाल पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जेठ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्