कोरोना संक्रमित जनकपुरका पुस्तक पसल सञ्चालक डिस्चार्ज भए

जनकपुरधाम– जनकपुरधाममा थप एक जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्थायी ठेगाना महोत्तरी भएपनि हाल धनुषाको जनकपुरधाम उप–महानगरपालिकामा रहँदै आएका पुस्तक व्यवसायीले कोरोना जितेर डिस्चार्ज भएका हुन्। ३५ वर्षिय पुस्तक व्यवसायी १९ दिनमा निको भएर डिस्चार्ज भएका हुन्।

उनले आइसोलेशनमा प्रादेशिक अस्पतालको व्यवस्थापनदेखि खानपानमा समेत राम्रो व्यवस्था नरहेको गुनासो गरे। उनले भने, ‘मलाई कोरोना लागेको थियो, तर मलाई यहाँ कोरोनाभन्दा यहाँको अव्यवस्थित वातावरणले डर लागेको थियो तर आज जितेको महशुस गर्दैछु।’

उनले मनस्थिति बलियो भए कुनैपनि लडाई जित्न सकिने बताए।

गत वैशाख ३० गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। पत्रकार महासंघकै भवनमा पुस्तक पसल सञ्चालन गरेका उनले कोरोना परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो।

जेठ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्