कर्णालीमा थप १९ जनामा कोरोना पुष्टि, कालिकोटका मात्रै १७ जना

काठमाडौँ– कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा शनिबार बेलुका थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ।

संक्रमण पुष्टि भएका १९ मध्ये १७ जना कालिकोट, एक जना दैलेख र अर्का एक जना बाजुराका रहेका छन्। उनीहरु सबै केही दिनअघि भारतबाट आएका हुन्।

नयाँ संक्रमित थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ७८ पुगेको छ। जसमध्ये शनिबार मात्रै एक जनाको मृत्यु भएको छ।

जेठ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्