नदीजन्य सामग्रीको जथाभावी उत्खननले सिँचाइ सेवा प्रभावित, स्थानीय बासिन्दा आन्दोलित

दाङ – राप्ती नदीबाट जथाभावी रुपमा नदीजन्य सामग्रीको उत्खनन् बढेपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।

गढवा गाउँपालिका वडा नं. १ मलमलामा स्काभेटर प्रयोग गरी ठूला खाडल पारेर नदीजन्य सामग्री उत्खनन् गरेपछि स्थानीय बासिन्दा आन्दोलित भएका हुन् ।

हात्तीढुंगा, टहंडा, धोद्रेखोला, कालाकाटे, जुरौनी, मलमला, बडहरा लगायत र राप्ती गाउँपालिकाको भालुबाङ, पाखापानी, कटाहा, खुरुरीया, बसन्तपुर लगायतका बस्तीका बासिन्दाले विरोध गरेका हुन्।

‘अनाधिकृत उत्खननले नदीको सतह गहिरिन थाल्यो । कुलाहरुमा पानी चढ्दैन् ।’ राप्ती नदी बचाउ तथा संरक्षण समितिका अध्यक्ष टोपबहादुर कार्कीले भने, ‘क्रसर उद्योग र ठेकेदारले गर्दा जोखिममा पर्‍यो ।’

राप्ती नदी भालुबाङको पुल नजिक नदी गरिएपछि प्रगन्ना सिंचाइ आयोजनाका १, २ र ३ नम्बर इन्टेकमा नहरको सतह माथि हुन गई पानी नचढने अवस्था आएपछि स्थानीय आन्दोलित भएका हुन्।

जेठ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्