बाजुरामा आइसोलेशनमा रहेकी दुई वर्षीया बालिकाको मृत्यु

बाजुराकाे बुढिगंगा नगरपालिका क्षेत्र।

धनगढी – बाजुरामा आईसोलेशनमा राखिएकी बालिकाको आइतबार बिहान मृत्यु भएको छ । बुढिगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाकाको मृत्यु भएको हो ।

जिल्ला अस्पतालका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बालकको मृत्यु भएको बताए । बालिकाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि धनगढी पठाएको डा. विश्वकर्माले जानकारी दिए ।

अस्पतालका अनुसार रिर्पोट प्राप्त भएपछि मात्र उनको शव व्यवस्थापन गरिने छ । आठ दिनअघि भारतबाट फर्किएकी उनलाई बुढिगंगा नगरपालिका–१ धुरालसैन माविको क्वारेन्टिनमा राखिएको थियो । आइसोलेशनमा आमाबुबासँगै उनलाई राखिएको थियो ।

उनको स्वास्थ्य अवस्था जटिल भएपछि जेठ १५ गते सदरमुकाममा रहेको आइसोलेशनमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार बालिकामा झाडापखला, ज्वरो, श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो ।

जेठ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्