उपचारमा संलग्न डाक्टर कुटिएपछि आन्दोलित भए डाक्टरहरु (तस्बिरसहित)

काठमाडौँ – उपचारको क्रममा बिरामीको निधन भएपछि आफन्तले डाक्टरमाथि कुटपिट गरेको घटनाको विरोधमा डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा डाक्टरहरुले आइतबार प्रदर्शन गरेका हुन् ।

जेठ १४ गते जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्युपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए । घटनामा संलग्न दोषीको पहिचान गरी तत्काल कारवाही प्रक्रिया अगाडि बढाउनु उनीहरुले माग गरेका छन् ।

जेष्ठ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू