नेसनल कलेजले गर्‍यो २ सय ५६ जना कर्मचारीको कोरोना बिमा

काठमाडौँ- नेशनल कलेज अफ कम्प्युटर स्टडिज, नेसनल क्रियटिभ कोएजुकेशनल स्कुल र एनसीसीएस उच्च माध्यमिक विद्यालयले २५६ जना कर्मचारीकाे कोरोना बिमालेख गरेको छ।

यी तीन संस्थाले जेठ १४ गतेबाट लागू हुने गरी २ सय ५६ जना कर्मचारीहरुको बिमा गरेका हुन्। यी तीन शैक्षिक संस्थाले प्रतिव्यक्ति १ लाख रुपैयाँ दरले एभरेस्ट इन्स्योरेन्सबाट सामूहिक बीमालेख गरेका हुन्। बीमालेख अन्तर्गत पीसीआरबाट व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिनासाथ १ लाख रुपैयाँ क्षतिपूर्ति प्राप्त हुनेछ।

जेष्ठ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू