बालसुधार गृहमा कैद सजाय भोगिरहेका एक किशोरको मृत्यु

फाइल तस्बिर।

मोरङ– विराटनगरको एक बालसुधार गृहमा कैद सजाय भोगिरहेका एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान १७ वर्षीय विनम साँवाको मृत्यु भएको हो।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार ताप्लेजुङको मौवाखोला गाउँपालिका–४ का सावाँ कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका थिए। साँवा केही समयदेखि मृगौलाको समस्याबाट पीडित रहँदै आएको प्रवक्ता राईले जानकारी दिए।

शनिबार उनलाई झाडापखाला र वान्ता भएपछि विराटनगरको नोबेल शिक्षण कलेजको आईसीयूमा भर्ना गरिएको थियो। दुवै मृगौलाले काम गर्न छाडेपछि विनमको उपचारकै क्रममा आइतबार बिहान मृत्यु भएको जानकारी चिकित्सकले गराएको राईको भनाइ छ ।

बालसुधार गृहमा उनी २०७६ पुस २६ गतेबाट कैद सजाय भुक्तान गरिरहेका थिए। कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत ताप्लेजुङले उनी विरुद्ध १६ वर्ष कैद सजायको फैसला गरेको थियो।

जेठ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्