नयाँ संक्रमित १८ जिल्लाका, २२० जना संक्रमणमुक्त

काठमाडौँ- नेपालमा आइतबार थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार तनहुँका १, स्याङजाका २, पर्साका ५, कालिकोटका १८, दैलेखका १८, बाजुराका ३, सल्यानका २५, सुर्खेतका १, कपिलवस्तुका ५, बाँकेका ८, नेपालगञ्जका ४, सप्तरीका १२, कैलालीका ३, झापाका ४, मोरङमा १, धनुषाका २१, रौतहटका २९ र सर्लाहीका १० जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ। तीमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ भने अहिले सम्म २२० जना संक्रमणमुक्त भएका छन्।

जेष्ठ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्