विराटनगरमा थप एक जनामा कोरोना पुष्टि

माेरङ– विराटनगर महानगरपालिका वडा नम्बर १२ की ४१ वर्षीया एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कोशी अस्पतालमा महिलाको स्वाब परिक्षण गरिएको थियो। महानगरपालिका मेयर भीम पराजुलीले वडा नम्बर १२ की एक महिलाको स्वाब परिक्षणका क्रममा पोजेटिभ रिपाेर्ट आएको जानकारी दिए।

भारतको मुम्बईमा सानीआमासँग बसेर पढ्दै गरेका २४ वर्षीय छोरालाई भेट्न लकडाउन अघि नै मुम्बई पुगेकी महिला ८ दिनअघि विराटनगर आएकी थिइन्।

वडा नम्बर १२ की सदस्य झुमा पाठक पोखरेलका अनुसार ८ दिनअघि महिला सीमाबाट भागेर आएकी थिइन्। आमाछोरा दुवैजना मुम्बईबाटसँगै आएपनि सीमामा छोरालाई रोकेपछि उनी भागेर विराटनगर आएकी वडा सदस्य पोखरेलले बताइन्।

तर महिला घरमा नबसेर महानगरपालिकाले अतिथी सदनमा बनाएको क्वारेन्टाइन बस्दै आएकी थिइन्। आमाछोरा क्वारेन्टाइनमा रहँदै आएका थिए।

यससँगै विराटनगर महानगरपालिकामा कोभिड १९ पोजेटिभको संख्या तीन पुगेको छ। यसअघि वडा नम्बर ६ मा २९ वर्षीया एक महिला र १५ मा ३५ वर्षीय एक पुरुषमा कोभिड १९ पोजेटिभ भेटिएको थियो।

जेठ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्