लकडाउनमा जिम खोल्न बडी विल्डिङ एण्ड फिटनेस एशोसिएसनको माग

मोरङ( कोरोना भाइरस कोभिड १९ महामारीका कारण गत दुई महिनादेखि जारी लकडाउनबाट आजित मोरङ बडी विल्डिङ एण्ड फिटनेस एशोसिएसनले ब्यायामशाला खोल्न माग गरेका छन्।

आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल र विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीलाई ज्ञापन पत्र बुझाउदै एशोसिएसनका पदाधिकारीहरुले नियमसंगत रुपमा व्‍यायामशाला खोल्नु अनुमति दिन माग गरेको एशोसिएसन अध्यक्ष अमलेश कुमार कर्णले जानकारी दिए।

अध्यक्ष कर्णले ब्यायामशाला लामोसमयदेखि बन्द रहदाँ फिटनेससंगै फिजियोथेरापी, मधुमेहका विरामी, प्रेसर, डिप्रेसन लगायतका विरामीलाई समेत नियमित सेवा दिन नसक्दा विरामीलाई असर परिरहेको बताए।

प्रदेश एकमा करिब १ अर्ब रुपैयाको लगानीमा कम्तीमा ७५ वटा ब्यायमशाला सञ्चालनमा रहेको उनले बताए। त्यसैगरी, मोरङमा कम्तीमा २५ वटा ब्यायामशाला सञ्चालनमा रहेको बताएका अध्यक्ष कर्णले लकडाउनका कारण बन्द रहदाँ ब्यायामशाला सञ्चालनमा रहेको घरको भाडा, बैंकको किस्ता, ब्याज, कर्मचारीको तलब समेत तिर्न नसक्ने अवस्थामा रहेको गुनासो गरे।

एशोसिएसनका महासचिव नवीन विक्रम शाहका अनुसार ब्यायामशाला सञ्चालनका लागि प्रत्येक सेवाग्राहीको तापक्रम नापिने, साबुनपानी, मास्क, ग्लोब्स, सेनेटाइनजको प्रयोग, ब्यायाम सकिएपछि सेनिटाइज गराउने जनाए। उनले भने, एकपटकमा बढिमा १० जनालाई ५० मिनेटसम्ममात्र ब्यायाम गराउने छौं।

जेष्ठ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्