कर्णाली प्रदेशमा कोरोनाको परीक्षणको बढाउन काँग्रेसको माग

सिमकोट-कर्णाली प्रदेशमा कोरोना परिक्षणको दायारा खुच्चिएको आरोप काँग्रेसले लगाएको छ। जनसंख्याका आधारमा परिक्षणको दायारा बढाउनु पर्ने बेला त्यसलाई बढाउन नसकेको आरोप काँग्रेसले लगाएको हो।

प्रदेशमा समेत किटको अभाब हुनु लाजमर्दौ कुरा भएको बताउदै कर्णाली प्रदेश सभा प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीले कोरोना महामारी प्रदेशमा फैलिएका बेला यसको दायरा खुम्चिएको आरोप लगाए।

अहिलेको बिषम परिस्थतिमा जनसंख्याको आधारमा कोरोना सक्रमणको परिक्षणको दायरा तत्काल बढाउन प्रदेश सभामा नेता शाही माग गरे । सबैभन्दा पछि कोरोना संक्रमण फैलिएर पनि संक्रमितको संख्या उच्च अबस्थामा पुग्नु र क्वारेन्टिनमै ब्यक्तिको मृत्यु हुनु सरकार नागरिकको सुरक्षा प्रति सजग नरहेको आरोप उनले लगाए।

नागरिकको स्वास्थ्य सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको सभामा बताउदै नेता शाहीले औषधी तथा उपकरण बोकेर मन्त्रीहरु जिल्ला दौदाहामा निस्कनु सुखद पक्ष नभएको उनले बताए । भारतबाट आउने नागरिकहरुलाई बिना चेकजाँच सम्बन्धित जिल्लामा पठाउन नहुने बताउदै प्रदेश राजधानी जस्तो ठाउँ सुर्खेतमा पनि गुणस्तरीय क्वोरेन्टिनको ब्यबस्था नहुनु दुखद पक्ष भएको उनले आरोप लगाए।

अहिले नागरिक बचाउन आबश्यक रहेको कारण बिकास भन्दा पनि कोरोना संक्रमणको बिरुद्ध एक जुट भएर लाग्नु पर्ने र गुणस्तरीय उपकरण, अस्पताल, औषधी तथा सामाग्रीको ब्यबस्था गर्न उनले प्रदेश सरकारलाई आग्रह गरे।

नागरिकहरु भारतवाट आउदा बिना सहयोग स्थानीय तहमा पठाउन नहुने पनि उनले सरकारलाई सुझाब दिए। प्रदेश सरकारले एउटा स्थानीय तहलाइ २० लाख , ३० लाख दिएर त्यो आबश्यकतामा आधारित सहयोग नभएकोले जनसंख्या र अबस्था हेरी सहयोग गर्न पनि उनले प्रदेश सरकारलाई आग्रह गरेका छन्।

जेठ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्