सम्झनामा राजा वीरेन्द्र

राजा वीरेन्द्रलाई किन चाहिएछ एउटा साधारण देहाती?

पहिलो भेट

वि. सं. २०३८–३९ तिरको कुरा हो, एक दिन मलाई अनायास नारायणहिटी दरबारबाट बोलावट आयो दरबार आउनको लागि । म अत्यन्त नै विस्मित भएँ यो कुराले । कारण मेरो दरबारसँग न त कुनै परिचय थियो न त कुनै सम्बन्ध नै । त्यति मात्र होइन, दरबारको कुनै पनि पदाधिकारीसँग मेरो कुनै घनिष्ठ चिनजान थिएन । त्यस बखत म श्री ५ को सरकारको रा.प. द्वितीय श्रेणीको प्राविधिक मात्र थिएँ तत्कालीन भवन विभागमा ।

मेरो पुर्ख्यौली घर तराई (धनुषा जिल्लाको एक गाउँ धबौलि) मा थियो । म त्यहीं जन्मिई त्यहीं नै हुर्केबढेको हुँ । सरकारी जागिरमा प्रवेश गरेपश्चात् म काठमाडौंमा नै बस्नुपर्ने अवस्था आएको हो । मेरो जीवनशैली एकदम नै आम साधारण नेपालीसरह नै छ, एकदम सरल । तसर्थ दरबारको बोलाहटबाट मलाई उदेक लाग्नु स्वाभाविक थियो ।

दरबारका प्रभावशाली व्यक्ति, राजाका एडिसी (अङ्गरक्षक) ताराबहादुर थापा मार्फत मैले थाहा पाएँ— मलाई स्वयं राजा वीरेन्द्रबाट नागार्जुन दरबारको ल्यान्डस्केप डिजाइनको लागि बोलाइएको हो भन्ने कुरा । निश्चित लिन र समयमा बीचमा अरू कुनै माध्यम विना नै मेरो राजा वीरेन्द्रसँग साक्षात्कार गराइयो । अनि नागार्जुन दरबारको ल्यान्डस्केप डिजाइन तथा प्लानिंग गर्न राजाले नै मलाई भने ।

त्यस बखत मेरो मनमा अनेकौं थरिका प्रश्नहरू आए— कुनै व्यक्तिगत परिचय विना नै मलाई राजाले उनको व्यक्तिगत कामको लागि किन बोलाए होलान् ? जबकि मजस्ता प्राविधिकहरू त त्यति बेला पनि धेरै नै थिए, सरकारी सेवामै पनि एक से एक वरिष्ठ तथा सत्रधारीहरू थिए । आखिर राजालाई किन चाहिएछ त एउटा साधारण देहाती भरत शर्मा ?

मेरो स्वभाव र प्रकृतिअनुसार मेरा यी अनगिन्ती जिज्ञासाहरूका बारेमा राजासँग नै स्पष्टरूपमा सोधुँ सोधुँ पनि लाग्यो, तर त्यतिखेर मैले त्यसो गर्न सकिनँ ।

म दरबारिया भाषा र व्यवहारमा कोरा नै भएकोले राजासँग मेरो कुराकानी आंग्ल भाषामा नै भयो । म गाउँको सामान्य मानिस ! मलाई आंग्ल भाषामा दख्खल भएर होइन परन्तु परिस्थितिले नै त्यसो गरायो । त्यसले ममा सहज स्थितिको सिर्जना गर्‍यो र मलाई धेरै पटक जोगायो पनि ।

मैले गाउँको स्कुलमा पढेको हुँ । छैटौं कक्षा उपरान्त जनकपुर हाइस्कुलमा पढें । त्यसपछि क्रमशः त्रिचन्द्र कलेज, लखनऊ पोलिटेक्निक, टेक्निकल कलेज क्वालालम्पुर, सयाजिराव युनिभर्सिटी बडौदा हुँदै संयुक्त राज्य अमेरिकाको हार्वर्ड युनिभर्सिटीसम्म पुग्ने र पढ्ने मौका पाएको हुँ । यस्तो सबै सम्भव भयो मैले समयसमयमा पाएका चार वटा छात्रवृत्तिहरूबाट । मैले पढेको आफ्ना बाबु आमाको पैसाले होइन, बल्कि यही देशकै पैसाले हो भन्नुपर्छ । तसर्थ देशको परिवेशमा म सदैव आफूलाई निकै भाग्यमानी सम्झने गर्छु । यसैले म आजीवन यही देशप्रति कृतज्ञ रहन्छु । यही व्यक्तिगत मूल्य र मान्यताका कारणले नै मैले हार्भर्ड विश्वविद्यालयबाट पास गर्नेवित्तिकै त्यहाँ एक दिन पनि बढी नबसी नेपाल नै फर्कनु आफ्नो कर्तव्य सम्झिएँ । यो अतिशयोक्ति होइन यथार्थ हो, नत्र मैले अघि भनेको जस्तै मूल्य र मान्यतामा आफूलाई नढालिसकेको हुँदो हुँ त पक्कै पनि (त्यहाँ पुग्ने सामान्य नेपाली जस्तै) अमेरिकामै बस्थें हुँला ! यो ई. सं. १९७९–८० तिरको कुरा हो ।

म २०३९ मा हार्डवर्डको अध्ययन सकिनासाथ म नेपाल फर्किएँ र भवन विभागमा काम गर्न थालें ।

नागार्जुनको ल्यान्डस्केप

मेरो नागार्जुनको ल्यान्डस्केपको काम दैनिक रूपमा शुरू भयो । मैले सरकारी कार्यालयको कामका साथसाथै निरन्तर रूपमा नागार्जुनको काम पनि गरी नै रहें । मलाई मेरो घरबाट नागार्जुन लैजान र ल्याउन दरबारको मोटर (ट्रान्सपोर्ट) को व्यवस्था गरिएको थियो । मलाई सहयोगको लागि कालिप्रसाद गणको इन्जिनियरिङ्ग विंगका कर्नेल प्रताप मल्ल तथा उनका सहायकहरू हुन्थे । म नियमित रूपमा उक्त स्थलको निरीक्षण गर्थें, इन्जिनियरिङ्ग म्याटेरियल सम्बन्धी तथ्याङ्क संकलन गर्थें र विश्लेषणको लागि स्केच पनि बनाउने गर्थें । प्रायशः सप्ताहको अन्ततिर राजा रानीसँग पनि यस सम्बन्धमा मेरो अन्तरक्रिया हुने गर्दथ्यो ।

स्थलगत अध्ययनका क्रममा मैले विभिन्न किसिमका अनुभवहरू बटुल्न भ्याएँ । दरबारको काम गर्दा प्राविधिक कार्य पनि राजाको मनसाय अनुरूप गर्ने चलन वा परिपाटी रहेछ, जुन मेरा लागि बिलकुलै नौलो कुरा थियो । म वास्तवमा व्यक्तिविशेषको मनसाय बुझ्नतिर लाग्दिनथें । म वास्तविकतामा आधारित प्राविधिक दृष्टिकोणले के कुरा ठिक हो र के कुरा बेठिक हो भन्ने स्पष्ट रूपले राजासमक्ष राख्ने हिम्मत राख्दथें, जुन कि मेरो स्वभाव अनुरूप नै थियो ।

उदारणार्थ दरबार प्रवेश गर्ने मूलद्वार र त्यहाँसम्म पुग्ने बाटोका बारेमा राजा वीरेन्द्रको ‘यसो गर्न पाए हुन्थ्यो’ भन्ने एउटा मनसाय रहेछ, तर मैले प्राविधिक दृष्टिकोणले त्योभन्दा अलग किसिमको मनसाय व्यक्त गरें । मलाई दरबारका कर्मचारीहरूले पहिल्यै सतर्क गराएको भए पनि मेरो विवेचना एवं परिकल्पना नै मैले राजा समक्ष प्रस्तुत गर्ने अठोट गरें ।

अर्को उदाहरण नागार्जुनमा नै बनाइएको राजाले प्रयोग गर्ने एउटा बंगलाको थियो । त्यस बंगलाको ठूलो बरन्डाका बीचमा दुईवटा राम्रा रुख टिनका छानालाई काटेर बाहिर निकालिएका थिए । मेरो दृष्टिकोणमा त्यसो गर्नु पर्यावरणको र रुख विरुवाको सम्बोधन दुवै किसिमले ठिक थिएन । मैले यो कुरा त्यहाँ उपस्थित दरबारका मानिसहरूसँग र खास गरेर तारा बहादुरसँग प्रकट गरें ।

तारा बहादुरले— ‘तपाइँलाई थाहा छ त्यो बंगलाको निर्माण कसको विचारअनुसार गरिएको हो ?’ भनी उल्टो मलाई कडा प्रश्न गरे ।

मैले भनें— अहँ, बिलकुलै थाहा छैन र मैले थाहा पाउनुपर्ने कुनै आवश्यकता पनि छैन, कारण मलाई वातावरणीय हिसाबले त्यसो गर्नु ठिक छैन भन्ने लाग्छ, म केवल कारक तत्व र असरको दृष्टिकोणले मात्र प्रस्तुत संरचना त्यहाँका रुखहरूप्रति प्राकृतिक रूपमा संवेदनशील नभएको परिणामको मात्र कुरा गरेको हुँ ।

त्यतिखेर मैले डाक्टरद्वारा बिरामीले भनेको अनुरूपको प्रेस्क्रिप्शन दिइँदैन भन्ने खालको उदाहरण पनि दिएँ । तर तारा बहादुरजीले निकै विस्मित भएको अनुहार लगाउँदै भने— “भरतजी तपाइँलाई दरबारिया नर्म (कार्यपद्धति) बिलकुलै थाहा छैन ।”

मैले भनें— “पक्कै पनि होला तर म त एउटा प्रोफेसनल (व्यावसायिक व्यक्ति) हुनाको नाताले एथिकल (नैतिक) हिसाबले यी कुरा भन्दैछु ।”
त्यसको ठिक ४–५ दिनपछि त्यहाँ राजा आएको बेलामा तारा बहादुरजीले राजालाई मैले भनेको कुरा जाहेर गरे र भने— “सरकार Bharat Jee says that the trees are sackled and look like tiger in the cage.”

राजा वीरेन्द्रले मलाई प्रश्न गरे— “Is that what you mean ?”

मैले उत्तर दिएँ— ”Sarkar, either the trees should be given right habitat if we are ecologically sensitive, or if we are not, how does it matter if we chop them down ?”

राजाले पुनः मलाई सोधे— ”Then what do you want ?”

मैले भनें- ”The Shackling roof should be taken out and the trees should be freed”

राजाले तुरुन्तै हुकुम दिए— “ल त्यो छाना हटाइदिने ।”

त्यही अनुरूप भयो । यस्तै अन्य विभिन्न प्राविधिक कुराहरू म निर्भीक भएर राख्दथें र ती कुरा राजाबाट अनुमोदन हुने गर्थे । तिनताका मलाई बराबर आर्मी जवानद्वारा बनाइएको लञ्च नागार्जुनमा खाने अवसर हुन्थ्यो । साथमा प्रायशः कर्नेल प्रताप मल्ल नै हुन्थे । प्रताप मल्ल निकै क्जबचउ र संवेदनशील थिए । मलाई अलि पछि थाहा भयो कि उनी डा. जीतसिंह मल्लका छोरा रहेछन् र उनले सैन्डहस्र्टमा आर्मीको तालिम लिएका रहेछन् । मसँगको उनको व्यवहार निकै शालिन थियो ।

 र्‍वायल डिनर

मैले नागार्जुन दरबारको ल्यान्डस्केप डिजाइन सकेर त्यसको सम्पादन पनि गरें र बुझाएँ । त्यसको केही अन्तरालमा मलाई एक्कासी राजदरबारबाट फोन आएको जानकारी गराइयो । नागार्जुनमा आयोजना गरिने, राजा र रानी सरिक हुने डिनरमा मलाई पनि मेरी श्रीमतीसहित आमन्त्रित गरिएको रहेछ । म निकै आश्चर्यचकित भएँ । राजपरिवारको डिनरमा सपत्नीक म डाकिएँ, मेरा लागि यो बिलकुल अस्वाभाविक जस्तो थियो । किन म बोलाइएँ हुँला ? मलाई लाग्यो राजाकहाँको एक छाक डिनरभन्दा त मलाई एक बोरा चामल भएको भए ६–७ महिना टथ्र्यो ! १–२ जना नजिकका साथीभाइसँग मैले आफ्नो यस प्रकारको अभिमत प्रकट गरें । उनीहरूले मलाई गाली गरेर भने— भरतजी राजासँग डिनर खानु पाउनु भनेकोे एकदम अपूर्व अवसर हो, तपाइँलाई मन पराएर बोलाइएको हो, यस्तो अवसर जीवनमा हतपति आउँदैन । मैले जाने निधो गरें ।

निश्चित दिन आयो, साँझ करीब छ बजे दरबारको गाडी हामीलाई लिन आयो । हामी तोकिएको समयमै नागार्जुन पुग्यौं । करीब ७ बजे साँझदेखि कार्यक्रम शुरू भयो । त्यहाँ सीमित मानिसहरूको मात्र उपस्थिति थियो । कार्यक्रममा राजा र रानीका अतिरिक्त राजाका दुबै ए.डि.सि. तारा बहादुर थापा र शान्त कुमार मल्ल, अनि डा. सच्चेकुमार पहाडी र उहाँकी श्रीमती डा. हेमांग दीक्षित आदि उपस्थित थिए । हार्ड ड्रिंक तथा बियर सर्भ गरियो । म केही मात्रामा बियर पिउने हुनाले बियर नै लिएँ । यससँगै कुराकानी पनि शुरू भयो । म मर्यादाक्रममा तथा उमेरमा पनि कनिष्ठ नै भएको हुनाले धेरै बेरसम्म मौन नै थिएँ । तर कुराको सन्दर्भले मलाई समावेश गराई छाड्यो ।

ताराबहादुर थापाले भने— “सरकार Bharat Jee has some problem.”

राजाले मतिर हेरेर सोधे— “Is it ? So what is your Problem ?”

अनायास मेरो मुखबाट स्वस्फूर्त रूपले निस्क्यो— “सरकार, nothing specific. My Problem is no different than the problem of 2 Crore of Nepali. Bhart Sharma is one of them. If hey are taken care, Bharat Sharma will be taken care of. सरकार हाम्रो देशमा त कहिलेकाहीं ठिक उल्टो हुन्छ । Honestly, Sincerely जस्तै होम गर्नु संसारको भलाई गर्न हो भनिन्छ राम्रो मानिन्छ, तर कहिलेकाहीं होम गर्नेको हात नै तानेर आगोमा डामियो भने ? त्यस्तै स्थिति छ सरकार । If this national large problem is taken care of simultaneouly I will be fine as I do not have my specific problem”

अरू झै राजा पनि विस्मित भए मेरो प्रतिक्रिया सुनेर ।

त्यसपछि त्यहाँ उपस्थिति कसैले भन्यो (नाम याद छैन)— “सरकार यी तरकारी फलफूल बेच्ने मानिसहरूले काठमाडौं खत्तम पारे ।”

केही क्षण म सुनेर बसें, तर त्यो च्झबचप सँग म बिलकुलै सहमत थिइनँ । मौका पाउनेबित्तिकै बोलिहाले— “æSarkar ! I Strongly feel that instead of passing such remarks, we should rather learn from them. They sell perishable goods, bring to our door step and by evening everything is sold, whereas we have institutions like National Trading Limited, though the goods are non-perishible, but our marketing technique is so bad that goods get spoiled. So it is a lesson to be learned instead of ridiculing personally. I strongly feel often that Nepalese behavior is in duality, just like famous writer Stevenson’s book- Dr. Jykyll and Mr. Hide. I am sure Sarkar Û you have gone through that book.”

मेरो यो remarks सुन्दा रानीले प्रतिक्रिया जनाइन्— “You are asking him (King) like a journalist ?”

मैलै भनें— “सरकार I am not a journalist, I am just stating my view points”

रानीको अनुहारमा अर्धमुस्कान देखियो । मैले एक ग्लास अर्को बियर पनि लिएँ ।

राजाले मलाई सम्बोधन गर्दै भने— “You have to do something for me”

मैले सोधें— “What is that सरकार ?”

उनले भने— “You should prepare Master Plan for Pashupati Area”

अनायस मेरो मुखबाट निस्क्यो— सरकार “I will definitely prepare it but I have a condition” त्यहाँ बसेका सबेको अुनहारमा आश्चर्य थियो, राजालाई पनि ऋयलमष्तष्यल भन्ने यो कस्तो दुस्साहसिलो अशिष्ट रैछ भनेर पनि होला ।

राजाले मलाई सोधे— ”What is your condition ?”

मैले जवाब दिएँ— “सरकार I want to work on Master Plan as a professional Bharat Sharma only, not as a Bharat Sharma who is Govt. employee. The reason in Nepalese context is cyrystal clear. As a civil employee I will have countless seniors who will try to influence my master planning exercise. Planning involves physical assets (Houses, Land) of individuals. Individual professional I will not succumb to ineterest groups and insulate myself from bureaucratic pressure too.”

यो सुनेर राजाले भने— “ठिक छ That is not a problem. Just work as inpartial planner for Pashupati Area Development as you wish.”

त्यहाँ उपस्थित मानिसहरूको अनुहार हेर्न लायकको थियो । उनीहरूलाई मानौं मलाई राजाले छुट र प्रश्रय दिइरहेको जस्तो भान भएको मुद्रा थियो ।

पछि कुराको सन्दर्भमा राजाले मलाई सोधे— “Tell me how is Nagarjun ?”

मैले अकमकिएर भनें— “सरकार !

Have done some works here and as a planner, designer obviously I will feel that I have done some useful works, without knowing whether it has been good or bad. So let me ask you, how is Nagarjun ?

राजाले भने— “æYou know as compared to Narayanhiti, I prefer small place like this which is in natural cradled. I like whateven you have done here.”

कुराकानीको सिलसिला जारी नै रह्यो । राजाको सहृदयताले गर्दा म कर्मचारी र प्रजा भए तापनि उनीसँगको मेरो दूरी एक दम कम भएको भान मलाई भयो । बिलकुल खुला दिलले स्पष्ट रूपमा कुरा गर्ने मौका पाएकोले मलाई दिलबाट नै लाग्यो कि सार्वभौमसत्ता भएको राजाले मसँग कस्तो मानवीय रूपमा कुरा गरको । मलाई अन्तःस्करणबाट नै लाग्यो उनी साँच्ची नै डेमोक्य्राट रहेछन् ।

प्रा.डा. भरत शर्मा

केही समयको अनौपचारिक वार्ता र त्यहाँ सँगसँगै सर्भ गरिएको स्न्याक्स सकिएपछि डिनरको कार्यक्रम शुरू भयो । मलाई त्यस बेला साँच्चिकै ठूलो आश्चर्य लाग्यो अनि आफ्नो आँखाले प्रत्यक्ष देखेर पनि केही बेर पत्याउनै सकिनँ जब मैले देखें कि रानी स्वयंले नै हामीलाई प्लेट दिइन् । खानाका आइटमहरू पूरा नेपाली थिए र स्वादिष्ट पनि उत्तिकै । मासको दाल, भात, साग, तामा, मासु, अचार आदि खाने कुराहरू रानीले आफ्ना हातमा दिएको प्लेटमा पस्कँदै गरेकी मेरी श्रीमती कुसुमका विस्मययुक्त आँखा देख्न लायकका थिए ।

खाना सकिएपछि राजाले मलाई बोलाएर आफै नजिकको मुढामा बस्न भने । राजा वीरेन्द्रको मप्रतिको व्यवहार देखेर म हर्षविभोर हुँदै उनले देखाएको मुढातर्फ  लागें । त्यसपछि राजाले मलाई सोधे— “OK tell me what will you like to have ?”

राजाले यसरी अनायास के सोधको होलान् ? यसको जवाफमा के भन्ने भनेर मलाई अप्ठ्यारो भयो । त्यत्तिकैमा तारा बहादुरले भने— “सरकार ! as Bhart Jee was at Harvard, he will like to have Harvardian drink.”

यो सुनेर मैले राजालाई भनें— “Sarkar ! though I was at harvard, I Have not heard about harvadian drink and if there is such a drink called harvardian, I will have to have it here on Nepalese soil.”

यो सुनेर राजाले मलाई भने— “OK, I will give you champagne.”

यति भन्दै उठेर राजाले आफै एउटा बोतल खोले, अनि ग्लासमा खन्याएर मलाई दिँदै भने— “I am sorry I do not have right glass.”

राजा जस्तो व्यक्तिले म जस्तो एक अदना नागरिकलाई “क्यचचथ क्ष् मय लयत जबखभ चष्नजत नबिकक” भनेको सुन्दा मलाई आश्चर्य लाग्यो । यो सानो कुरा थिएन । त्यसमा पनि म कुन पारखी थिएँ र ! जसलाई ज्ञान होस् कि स्याम्पेनको लागि कुन किसिमको ग्लास उपयुक्त हुन्छ भनेर । जुनसुकै भाँडोमा खन्याएर दिए पनि मेरो लागि त्यही उपयुक्त हुन्थ्यो होला ! मैले जवाब फर्काइ हाले— “सरकार ! it is the content that counts and not the container !”

हुन पनि यथार्थमा त्यतिखेर मैले राजासमक्ष जे बोलें सत्य पनि त्यही होइन र ? करीब रातको दुइ बजेतिर नागार्जुन दरबारको कार्यक्रम सकियो । पत्नीसहित मलाई दरबारकै गाडीले घर (मालिगाउँ) पुर्‍यायो ।

मुख्य द्वारको वास्तुकला

डिनर कार्यक्रम भएको केही अन्तरालपछि एक दिन मलाई नारायणहिटीबाट तारा बहादुरको खबर आयो— दरबार आउनू भन्ने । म तोकिएको दिन र समयमा दरबारमा गएँ ‘यस पटक किन बोलाइएँ ?’ भनेर मनमा गुनधुन गर्दै । नारायणहिटीको मूल द्वार (दक्षिण ढोका) को गेटको बुथको समस्या रहेछ । त्यहाँ भएका दायाँ बायाँ दुबै तिरका बुथहरूमा पानी चुहिएर त्यहाँ तैनात हुने सैनिक प्रहरीहरूलाई सधैं निकै अप्ठेरो हुने रहेछ । तसर्थ त्यसबारे के गर्ने भन्ने सल्लाह गर्न बोलाइएको रहेछु । ती बुथहरूमा तला थपे सधैंको लागि समस्या समाधान हुने मनसाय राजाले पनि व्यक्त गरेको कुरा मलाई भनियो । मेरो मुखबाट निस्कियो— “जरसाहेब पहिले त मेरो प्राविधिक दृष्टिकोणले म एक दुई अध्ययन गर्छु अनि मात्र के गर्दा उचित होला भनेर मेरा कुरा राख्छु, तर अहिले नै यसो मनन गर्दा मलाई लाग्छ कि यी बुथहरूमा तला थप्नुचाहिँ वास्तुकलाको दृष्टिकोणले उचित हुने छैन ।”

मेरो कुरा सुन्दा ताराबहादुर थापाले अलि मुख खुम्च्याएर भने— “विचार गर्नुस् भरतजी ! मैले त सरकारको मनसाय बारे शुरूमै भनिदिएको छु ।”

दुइ तीन दन मैले त्यस स्थलको र बुथहरूको अध्ययन भित्र र खास बाहिरबाट गरे । बाहिरबाट बढी ध्यान दिनु जरूरी थियो । कारण दरबारमार्गको ढोका नै मूल द्वार भएकोले र दरबार पारदर्शी फलामे ग्रीलको ढोकाबाट छर्लङ्ग प्रभावशाली रूपमा दर्शकलाई देखिन्थ्यो । राजाको वासस्थानको दर्शन यसै ढोका माध्यमबाट हुने हुन्थ्यो ।

मैले केही स्केचहरू बनाएँ र त्यसै अनुसार मनन गर्दा तला थप्नु ठिक हुँदैन भन्ने निष्कर्षमा पुगें । किनकि यसले मूल दरबारको सौन्दर्यलाई नराम्रो असर पार्ने देखें । मैले ती बुथहरूमा पानी नचुहिने प्राविधिक उपाय गर्नु उचित ठहराएँ । त्यसो भए तापनि प्राविधिक नैतिकता र आचरणको दृष्टिकोणले मेरो मनमा एउटा कुरा खेलिरह्यो । वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालजीको रेखदेखमा कलकत्ताका कन्सल्टैन्ट पोकएक चटर्जीले दरबारको डिजाइन गरका थिए भन्ने मलाई थाहा थियो । तसर्थ एक पटक रिमालजीसँग के गर्दा उचित होला भनेर सोध्नु नै ठिक हुन्छ जस्तो लाग्यो । सोही अुनरूप मैले तारा बहादुरजीसमक्ष मेरो कुरा राखें र भनें— “हेर्नुस् जरसाहब ! यहाँको समस्याको हल गर्न मैले तला थप्नु ठिक छैन भनेर आफ्नो सोच राखें । तर राजदरबारको काम भएकोले यो दरबार बन्दादेखि लामो अवधि काम गर्नुभएका शंकरनाथ रिमालजीको राय लिनु उचित होला भन्ने लागेको छ ।”

मेरो कुरा सुनेर ताराबहादुर थापाले मलाई भने— “हेर्नुस् भरतजी, तपाइँलाई दरबारले बोलाएको छ, तसर्थ तपाइँ आफ्नो सुझाव दिनुस्, अरूको बारेमा केही नभन्नुस् । दरबारको संस्कार तपाइँले भनेको जस्तो हुँदैन । रिमालजीको बारेमा पनि दरबारलाई थाहा छ । तपाइँ दरबारलाई बिल्कुलै नबुझेको दरबारको संस्कृतिसँग नभिजेको मानिस पर्नुभयो । तसर्थ आफ्नो राय मात्र दिनुुस् अरूको सिफारिस नगर्नुस् ।”
मैले भनें— “तपाइँ हामी घर बनाउँदा त कयौं मानिसहरूको सल्लाह लिन्छौं भने राजाको राम्रो कामको लागि सल्लाह लिन के आपत्ति हुन्छ ?”
उनले भने— “दरबारमा त्यस्तो हुँदैन, तपाइँ आफ्नो विचारलाई छाड्नुस् ।”

त्यसपछि मैले चुप्प लाग्नु नै उचित सम्झे । केही दिनपछि मैले अध्ययन गरेर निधो गरे कि उक्त बुथमा तला थप्नु उचित होइन किनकि त्यसले दरबारको मौलिक स्वरूपमाथि असर पार्छ र आफैमा पनि नराम्रो देखिन्छ । यही कुरा मैले दरबारमा भनें । मैले भने अनुसार नै भयो, बुथमा तला थप्ने काम भएन । राजालाई पनि यो कुरा जाहेर भएको थियो ।

एक दिन शंकरनाथ रिमालसँग मेरो भेट हुँदा यो वृत्तान्त सुनाएँ । उहाँले गम्भीर भएर भन्नुभयो— “हो भरतजी ! दरबारको प्रचलनमा त तपाइँले मेरो जिक्र गर्नु नै ठूलो कुरा हो । दरबारमा त जायज वा औचित्यपूर्ण कुरा भए पनि कसैले पनि यस प्रकारले राजासमक्ष भन्न चाहँदैन र भन्न पनि सक्दैन । तपाइँले त अचम्मै गर्नुभएछ ! ठूलो साहस देखाउनुभएछ ।”

प्रांगणको डिजाइन

दक्षिण ढोकाको बुथको समस्या समाधान भएको केही अन्तरालपछि म पुनः नारायणहिटी डाकिएँ । राजा, रानी र दरबारका केही सचिवहरूको जमघटमा म उपस्थित गराइएँ । नारायणहिटी दरबारभित्रको केही भागमा खास गरी भित्री प्राङ्गणमा जहाँ यदा कदा दरबारको पार्टी हुने गथ्र्यो त्यहाँको ल्यान्डस्केप सुधार गर्न रानीबाट मलाई हुकुम भयो (त्यही ठाउँको सेरोफेरोमा पछि दरबार हत्याकाण्ड घटेको थियो) ।

बडामहारानीको हुकुम सुनेपछि मैले स्पष्टसँग जाहेर गरें— “सरकार मैले आफ्नो डिजाइनको सुझाव दिनु अगाडि सम्बन्धित सबै स्थलहरूको निरीक्षण एवं सूक्ष्म अध्ययन गर्नुपर्छ, तसर्थ मलाई ती क्षेत्रहरूमा घुमेर अध्ययन गर्ने स्वीकृति हुनुपर्छ । स्वीकृति पाएको करिव तीन हप्तापछि मेरो ल्यान्डस्केप डिजाइन सरकारमा पेश गर्न म सक्छु ।”

रानीबाट हुन्छ भन्ने आदेश भयो । उपस्थित सचिवहरू र एडिसीहरूको अनुहार विस्मित थियो । सम्भवतः यसले कसरी राजा रानीसँग त्यसरी ठाडठाडै भन्न आँट गर्‍यो भनेर होला ।

त्यसको भोलिपल्टदेखि मैले दरबारको पश्चिम ढोकाबाट पस्दै आफ्नो अध्ययनको काम शुरू गरें । धेरैजसो म आफ्नो सरकारी कार्यालयको काम पनि भ्याएर दरबार आउँथे । एक दिन काम गर्दागर्दै मलाई समयको याद भएन र करिब ५ः३० बजे साँझ भइसकेको रहेछ । म घुम्दै मस्त भई स्केचहरू बनाइरहेको थिएँ । एक्कासि एउटा गाडी सामुन्ने आएर घ्यार्र थामियो । यसो हेरें गाडीमा राजा वीरेन्द्र रहेछन्, गाडी राजाले नै स्वयं चलाइरहेका थिए ।

मुस्कुराउँदै उनले मलाई सोधे— “You are still working ? and you do not seem to have track of time ? It is petty late. What if the main gate locked as usual ?”

मैले भनें— “Sarkar ! I think it should not be problem for me, as it I not my pleasure ride, after all, I am working for your majesty.

राजाले हाँसेर भने— “Ok no problem you continue.” उनले गाडी अगाडि बढाए ।

मैले भनेकै समयमा डिजाइन सम्बन्धी अवधारणा राजा रानीलाई पेश गरें र त्यसबारे आफ्नो भनाइ राखें । त्यो स्वीकृत पनि भयो । मूल प्राङ्गणमा एउटा परीस्वरूपको वास्तुुकला राखिएको थियो । त्यसको प्रयोजन त्यहाँ केही खास अवसरहरूमा राजपरिवार बस्ने र त्यहाँको शोभा बढाउने थियो । त्यो ठाउँ समय समयमा पार्टीको आयोजना हुने स्थलको रूपमा पनि प्रयोग हुन्थ्यो ।

पशुपति गुरुयोजनाको प्रारम्भ

नारायणहिटीको मेरो काम सकिएपछि म पशुपतिको गुरुयोजना बनाउने काममा व्यस्त भएँ । मेरो दृष्टिकोणमा पशुपति क्षेत्रको गुरुयोजना बनाउनु प्राविधिक पक्ष मात्र थिएन । वास्तवमा प्राविधिक पक्ष केवल एउटा कडी मात्र थियो । वास्तवमा गुरुयोजना अवधारणा नै बहु आयामिक सम्मिश्रण हो, जसमा सामाजिक, धार्मिक, सांस्कृतिक, वातावरणीय एवं आर्थिक पक्षहरूको अध्ययन जरूरी हुन्छ । प्राविधिक पक्षले यी सबैलाई समेटेको हुनुपर्छ । तसर्थ मेरो अध्ययन उपरोक्त कुराहरूलाई मनन गरेर अघि बढेको थियो ।

म स्थलगत निरीक्षण अध्ययनको अतिरिक्त विभिन्न मानिसलाई पनि भेट्ने गर्थें उनीहरूको विचार बुझ्नको लागि । त्यस्तो अन्तरक्रियाले मलाई पनि ठूलो मदत पु¥यायो । यसपछि गुरुयोजनामा विचार पुर्‍याउनुपर्ने विभिन्न पक्षहरूको बारेमा मेरो ज्ञानको अभिवृद्धि भएको महसुस भयो । पशुपति क्षेत्रको आधिकारिक क्षेत्रफल, यस क्षेत्रको भौगोलिक अवस्था र यस क्षेत्रमा विद्यमान सांस्कृतिक एवं धार्मिक धरोहरको पनि अभिलेख बनाउने कार्य शुरू भयो । पशुपति क्षेत्रमा अत्यावश्यक क्रियाकलापहरू तथा त्यसका लागि चाहिने भौतिक संरचनाहरको पनि लिस्ट बनाउने काम भयो जो कि गुरुयोजनामा समावेश गराउने लक्ष्य थियो । पशुपति क्षेत्रमा केही विसङ्गतिपूर्ण घरहरू थिए, खास गरेर वनकाली क्षेत्रमा पछि वनेका घरहरू, जसले भौतिक वातावरण र सांस्कृतिक सम्पदामाथि कुप्रभाव पारेका थिए । गुरुयोजना बनाउने क्रममा त्यस्ता संरचनाहरूलाई हटाउनुपर्ने आवश्यकता महुसस गरियो ।

वास्तवमा भन्ने हो भने वनकाली स्थल भनेर चिनिने मनोरम धार्मिक वनमाथि कुठाराघात नै गरिएको मेरो निक्र्यौल थियो । वनकाली क्षेत्रको उत्तरी भागमा भएका तमाम घरहरू जो हुनत पशुपति गुठिको स्वीकृतिमा बनाइएका थिए ती निकै विसङ्गतिपूर्ण थिए भन्ने मलाई लाग्थ्यो । खास गरी पशुपति गुठिद्वारा २०१७ सालपछि स्वीकृत भएका ती संरचनाहरू अत्यन्त नै असंवेदनशील तौरले निर्माण गरिएका थिए भन्ने मेरो धारणा रह्यो । पशुपति गुठिको यो कदम उचित प्रयोजनको प्रतिकूल भूउपयोग थियो । तसर्थ ती घरहरूलाई हटाई पुनःस्थापना गराउनु वातावरणीय हिसाबले नितान्त आवश्यक भइसकेको थियो ।

पशुपतिको गुरुयोजनाका सम्बन्धमा मैले प्रस्तुत गरेका अवधारणामा अन्य अरू प्रमुख कुराहरू पनि थिए । तिनमा वागमती नदीमा स्वच्छ तथा प्रचुर पानी उपलब्ध गराई आर्यघाट क्षेत्रमा निरवच्छिन्न प्रवाह गराउनु प्रमुख अवधारणा थियो । नदीमा ढल मिलाउने तथा फोहर फाल्ने काममाथि रोक लगाउनु, गार्मेन्ट र कार्पेट उद्योगलाई नदीमा प्रदूषित, केमिकल युक्त पानीको निस्काशन गर्न बन्द गर्न लगाउनु, गुह्येश्वरीको वागमती नदीको उत्तरी फाँटमा कुनै पनि संरचना बनाउनमा पूर्णरूपले रोक लगाउनु आदि अन्य तार्किक अवधारणा मैले प्रस्तुत गरेको थिएँ । उक्त क्षेत्रलाई मनोरम गौचरको रूपमा विकास गराई पशुपति क्षेत्रको वातावरण शान्त, सुन्दर गराउन सहयोग गर्ने गुरुयोजनाको अवधारणा थियो ।

आमूल रूपमा पशुपति क्षेत्रको भौतिक तथा वातावरणीय उत्थानको लागि सम्बन्धित सम्पूर्ण पूर्वाधारहरू— जस्तै म्युजियम, अनुसन्धान केन्द्र, अध्ययनार्थ पुस्तकालय, निरन्तर गरिने भजन एवं धार्मिक कार्यक्रमहरूका निश्चित स्थल तथा प्रारूप, पशुपति आउने भक्तहरूका लागि वासस्थल, ऋषिमुनि लक्षित पूर्वाधारयुक्त धर्मशाला, बस पार्क, पशुपति प्राङ्गण प्रवेश विधि, निश्चित ठाउँसम्म मात्र यातायात साधनको प्रवेश, अशक्त तथा बुढाबुढीलाई सुगमता साथ प्राङ्गण प्रवेश गराउने विधि आदि समग्र भेरिएबलहरूको पहिचान गरी गुरुयोजनाको प्रारूपमा समाहित गरिएको थियो । पशुपतिको गुरुयोजना एकसरो रुखो प्राविधिक विषयसँग सम्बद्ध मात्र थिएन, परन्तु यसमा बहुआयामिक सोचलाई प्राथमिकता दिइएको थियो । तसर्थ धार्मिक सांस्कृतिक तथा सामाजिक पक्षहरूमा यथासम्भव सुझाव सङ्कलन गर्ने र यसरी प्राप्त सुझावहरूलाई गुरुयोजनामा अँगाल्ने मेरो भरमग्दूर प्रयास रहिरहेको थियो ।

जलाधार संरक्षण, विद्युतीय शवदाहको लागि स्थल निर्धारण तथा निर्माण आदि कार्य गुरुयोजनाका प्रमुख विशेषता थिए । साथै सनातन विधिले गरिने शवदाहको लागि आवश्यक पानीको उपलब्धता प्रयोगलाई यथार्थ रूपमा गुरुयोजनामा राखिएको थियो । त्यस्तै काशीवास अनुरूप पशुपतिवासको कुरा पनि गुरुयोजनामा सोचिएको थियो, ताकि त्यस प्रकारले वरण गरिएको धार्मिक मरणको अभिलाषाको परिपूर्ति नेपालमै हुन सकोस् । सम्पूर्ण पशुपति क्षेत्र तथा अन्योन्याश्रित हिसाबले जोडिएको क्षेत्रलाई त्यसको महŒवको हिसाबले सूत्रबद्ध गरिएको थियो ।
यस क्रममा मा म सक्दो सबै सम्बन्धित विज्ञहरूसँग सल्लाह र सुझावको लागि सम्पर्क राख्ने कोशिश गर्थे । यस क्रममा मैले बासु शशि, क्षेत्रप्रताप अधिकारी, शिवशरण राजभण्डारी, प्रो. शिव गोपाली, मूल भट्ट, चेतोनाथ गौतम, फत्तेमान राजभण्डारी, नरोत्तम वैद्य, सरला मानन्धर, योगी नरहरिनाथ, कृष्ण प्रसाद घिमिरे, वनवारीलाल मित्तल, देवी प्रसाद चापागाई, झरेन्द्र समशेर, गोविन्द टण्डन, वसन्त चौधरी, जगदीश शर्मा, नरोत्तम कोजु, गणेश थापा, सुशील नाहरा, परम शाक्य, निर्मल लुइँटेल आदिसँग धेरै पटक भेटघाट, परामर्श गरें ।

मैले यथार्थमा आफूलाई पशुपति क्षेत्रको गुरुयोजना बनाउने सन्दर्भमा माला बनाउने मालीको रूपमा मात्र चरितार्थ गराउन चाहें । सधैं लाग्थ्यो कि मैले विभिन्न किसिमबाट आवश्यक ठानिएर ल्याइएका फूलहरूको मदतले एउटा माला तयार गर्नुपर्छ । उत्कृष्ट मालाको लागि उत्कृष्ट पूmलहरूको आवश्यकता रहन्छ भन्ने सोचेर नै म अरूको पुष्परूपी विचार सङ्कलन गर्ने प्रयास गर्दथें, ताकि गुरुयोजनालाई चिरस्थायी बनाउन मदत मिलोस् । मलाई सधैं लाग्थ्यो कि प्राविधिक पक्ष एउटा सानो आयाम मात्र हो । तर अहं मानिने गुरुयोजनाले विविध पक्षहरूलाई हृदयङ्गम गर्नुपर्छ ।

पुनः गुरुयोजना तिर पाठकको ध्यान आकर्षण गर्न चाहन्छु । अवधारणाको क्रममा मलाई लागेको थियो कि नेपालीहरू जीवनको उत्तरार्धमा काशीवासको लागि नै किन जानुपर्ने ? किन अराध्यदेव पशुपति स्थानमा पनि मोक्ष प्राप्तिको लागि व्यवस्था नगर्ने ? यहाँ पनि नेपाली मात्र होइन भारत लगायत अन्य देशका हिन्दूहरू पनि आउने वातावरण बनाउन सकिन्न ? त्यसको लागि गुरुयोजनामा समुचित स्थल व्यवस्थाका अतिरिक्त आवश्यक अन्य व्यवस्थाहरू छुट्ट्याइनु नितान्त जरुरी थियो । त्यस्तै केही विशेष जाति समूहको चिहान स्थलको परिबन्ध मिलाउनु आवश्यक ठानिएको थियो । वनकाली क्षेत्र तथा भण्डारखाल क्षेत्रलाई धार्मिक वनको रूपमा विकास गर्ने त्यस्तै मृगस्थली क्षेत्रलाई पशुपंछीको उचित निवासस्थानको रूपमा विकास गर्ने गुरुयोजनाको सोच थियो ।

त्यस क्रममा शिवपुरी बाबाको आश्रमलाई मर्यादित रूपमा राख्नु थियो । किरातेश्वर लगायत अन्य मठ, मन्दिरहरूको संवर्धन गर्ने कुरा पनि गुरुयोजनाको दृष्टिकोणमा समेटिएको थियो । त्यस्तै कैलाशको महत्वलाई ध्यानमा राख्दै त्यसको सन्निकटमा रहेको दक्षिणामूर्ति मन्दिरको मर्यादालाई पनि ख्याल राख्नु थियो ।

हुन त केही समयअघि पशुपति विकास कोषले अघि सारेको योजनामा कैलाशमा १०० फिट अग्लो शिवको स्वरूप राख्ने कुरा आएको थियो । जो कि मेरो दृष्टिमा विल्कुलै अशोभनीय र नगर्नु पर्ने काम थियो । किनकी कैलाशको माटोको थुम्काको आफ्नै प्राचीन गरिमा छ र त्यसको परिवर्तन सर्वथा अवाञ्छनीय कुरा हो ।

मेरो अवधारणामा शैव दर्शन र शोधको लागि एउटा राम्रो पुस्तकालय र एउटा म्युजियमको आवश्यकता थियो । त्यस्तै नित्य भजन कीर्तन र संवादको लागि एउटा ठूलो हलको जरुरी देखिएको थियो । यस क्षेत्रमा सम्पन्न गरिने जुनसुकै दैनिक क्रिया कलापले पनि पशुपति क्षेत्रमा जीवन्तता ल्याउनुपर्छ भन्ने मान्यता थियो । हालको गोल्फ कोर्स पनि पशुपति क्षेत्रभित्रै पर्छ । त्यो क्षेत्र पनि पशुपति विकासको क्रममा आवश्यक जग्गाको परिपूर्ति गर्छ । गोल्फ कोर्स अन्यत्र सार्नुपर्ने हुन्छ । आमोद प्रमोदको स्थल पनि समाजलाई चाहिन्छ तर त्यस्तो स्थल पशुपतिको क्रियाकलापसँग प्रत्यक्ष नजोडिएको हुनुपर्छ ।

वीरेन्द्र–सहाराको प्रस्ताव

यसै क्रममा एउटा रोचक प्रसंग उल्लेख गर्नु उचित सम्झन्छु । पशुपतिका तत्कालिन मूल भट्ट पद्मनाभ शास्त्रीले एक पटक मलाई भने— “शर्माजी यज्ञशाला हटाएर त्यस स्थलमा राजा वीरेन्द्र–सहारा बनाउनुप¥यो ।”

मूल भट्टले पशुपतिको भित्री प्राङ्गणमा कालभैरवको पश्चिमपट्टि यज्ञशाला भएको स्थलमा राजा वीरेन्द्रको नाममा राजा वीरेन्द्र–सहारा बनाउनुपर्‍यो भनेका हुन् ।

मैले तत्काल भनें— “हुन्न यज्ञशालाको ठाउँमा यज्ञशाला नै रहन्छ, कुनै पनि सहारा बनाउन हुन्न, राजाकै नाममा भए पनि बनाउन हुन्न । विगतमा पश्चिम ढोकामा महेन्द्र–सहारा बनाइयो, तत्कालीन अंचलाधीश विष्णुमणिले बनाउन लगाएका रहेछन् । त्यसो गर्नु कुनै पनि हालतमा ठिक थिएन । बरु त्यसलाई पनि भत्काउनुपर्छ । पशुपति क्षेत्रमा राजाको सवारी हुने पनि पशुपतिको दर्शनको लागि नै हो । सहारा निर्माण गरेर यस्तो संवेदनशील प्राङ्गणलाई कुठाराघात गर्न हुँदैन ।”

धेरै वर्षअघि सरदार विष्णुमणि आचार्यले राजा महेन्द्रलाई सम्भवतः खुशी पार्न पश्चिम ढोकाको अगाडिपट्टि महेन्द्र–सहारा बनाउन लगाएका रहेछन्, जुन कुनै हालतमा पनि उचित मान्न सकिँदैन । अति संवेदनशील पशुपति–मन्दिरको सीमित प्राङ्गणमा कतिवटा सहाराहरू या राजाहरूको मूर्तिहरू राख्ने ? आखिर राजा पनि अन्य सामान्य नागरिकहरूले झैँ पशुपतिनाथको दर्शन गर्न नै आउने हुन् । यसरी मैले यज्ञशालाको प्रयोजन हटाउन मिल्दैन र राजा वीरेन्द्र–सहारा बनाउनु उचित हुँदैन भन्ने कुरामा अड्डी नै लिएँ ।

मूल भट्ट मेरो कुराले अलि क्रुद्ध भए, उनी च्याँठ्ठिए— “राजा सम्बन्धी काममा यस्तो गर्न हुँदैन भन्ने तपाइँ मान्छे को हो ? म सरकारमा जाहेर गरेर राजा वीरेन्द्र–सहारा बनाउन लगाउँछु, हेरिरहनुहोला, राजाको नाममा हुने निर्माण अस्वीकार गर्ने तपाइँको के हालत हुन्छ ?”

मैले भनें— “हुन्छ भट्टजी, तपाइँ आफ्नो कुरा राख्नुस् म आफ्नो कुरा राख्छु । पशुपतिको संवेदनशील प्राङ्गणमा यस प्रकारका संरचनाहरू थप्दै जानु वातावरणीय हिसाबले उपयुक्त हुँदैन । हुनत तपाइँको पहुँच निकै माथिसम्म छ, म एक्लोले के नै गर्न सक्छु र ! बरु भट्टजी ! तपाइँ बस्ने गर्नुभएको आवासमा तपाइँले सोझ्याउनु भएको टेलिभिजनको एन्टिना पनि बहुतै कुरूप र अशोभनीय देखिएको छ, त्यो पनि हटाउनुपर्छ ।”

भट्टजीले मेरो भनाइलाई नकार्दै राजालाई बिन्ति चढाउने कुरा भने र मैले पनि हुन्छ भनें । हुन पनि हो, त्यस जमानामा राजासँग प्रत्यक्ष सम्बन्ध हुन कामको विपरीतमा जान वा कुरा गर्न कसको हिम्मत वा मनोबल हुन्थ्यो र !

केही दिनपछि मंगल सदनमा आयोजना गरिएको राजा–रानीसँगको छलफलमा मूल भट्टले आफ्नो भनाइ राजा समक्ष राखे, उनले त्यहाँ स्पष्टसँग राजा वीरेन्द्र–सहारा बनाउने प्रस्तावना राखे ।

त्यस दिन मैले राजासमक्ष आफ्ना तर्क राखें । मैले राजालाई बिन्ति गरें—

Sarkar, it will be wrong todenolish yangyashala and build Birendra Sahara as yangyashala was very integral hurt of rituals associated with Pashupati Nath. At the this time it would not be appropriate to build sahara. How many saharas could be built in the very finite and fragile sensitive Pashupati Praghan and for how many kings in future too. Perhaps it was not right step in the past to construct Mahaendra Sahara and it should be demolished to let the pranghan breathe properly in environmental context. I requestd the king that whatever I was saying was out of loyality and professional sincerity and it was my ethical duty to put facts honestly. Perhaps it was for him to decide I was just saying a spade is a spade”

तत्पश्चात् राजाले अन्तिम निर्णय दँदै भने— “भैगो भट्टजी यज्ञशालाको ठाउँमा यज्ञशाला नै रहोस्, त्यसलाई मासेर राजा वीरेन्द्र–सहारा नबनाउँ ।”

यसरी पछि यो कुरा टुंगियो । मेरो कुरा सदर भयो । यो सुन्दा मैले मानसिक रूपमा मेरो छाती चौडा भएको अनुभव गरें, मलाई ठूलो खुसीको अनुभूति भयो । भट्टजीको अनुहार निन्याउरो थियो ।

मैले त्यतिखेर पनि महेन्द्र–सहाराको संरचना पनि उचित होइन र भत्काउनुपर्छ भनें । मैले यो कुरा राजा समक्ष राख्न सक्नु र बुझाउने प्रयास गर्नुमा सम्भवतः पशुपतिनाथले नै मलाई नैैतिक शक्ति प्रदान गरेको हुनुपर्छ । नत्र द्वितीय श्रेणीको राजपत्राङ्कित कर्मचारीको के हिम्मत हुन्थ्यो र राजाका सामु त्यसरी अडान लिन ! मलाई एक पलमा जागिरबाट हुत्याउन सकिने थियो होला ।

विद्युत् शवदाह

त्यस्तै विद्युत् शवदाह (Electric Cremetorium) को सन्दर्भमा पनि रोचक प्रसंग आयो । सनातनदेखि शवदाह गर्ने स्थलहरू निश्चित ठाउँमा छुट्ट्याइएका छन् । तर काठमाडौंको बढ्दो शहरीकरणसँग जोडिएको ठूलो जनसंख्याले गर्दा आर्यघाटमा बढ्दै जान थालेको शवहरूको संख्यालाई त्यहाँको परम्परागत दाहस्थान अपुग हुन थालिसकेका छन् । मृतकका आफन्तले घन्टौंसम्म कुरेर शवदाह गर्नुपर्ने अवस्था आइसकेको छ । त्यसैले बढ्दो जनसंख्यालाई मध्येनजर गरी स्थानको अभाव हटाउन, बराबर भइरहने दाउराको अभाव हटाउन र केही हदसम्म प्रदूषण कम गर्न पनि विद्युतीय शवदाह गृहको नितान्त आवश्यकता भइसकेको थियो । तदनुरूप मैले गुरुयोजनामा आर्यघाटको दक्षिण पुछारमा शवदाह स्थललाई समावेश गरेको थिएँ । केहीले त्यतिखेर उक्त अवधारणको व्यापक विरोध गरे । खास गरी राजज्योतिषी मंगलराज जोशीले मंगलसदनमै आफ्नो अभिमत राखे र त्यसो हुनु हुन्न भने ।

त्यस दिन मैले पनि मंगलराजको भनाइसँग सहमत हुन नसकिने तर्क राख्दै राजासमक्ष अनुरोध गरें— “संस्कृतिविज्ञ भए तापनि उहाँको यो दृष्टिकोण समय सापेक्ष छैन, उक्त योजनाले अलिकति पनि सांस्कृतिक सम्पदामाथि असर गर्ने छैन, अपितु वातावरणीय परिस्थिति प्रतिकूल हुन नदिई प्रस्तावित शवदाहगृहले पशुपति क्षेत्रको पर्यारिण जोगाउन मदत गर्छ ।”

राजाले शिर हल्लाएर ठिक छ भने र मंगलराज चुप हुन बाध्य भए ।

बुढानिलकण्ठ जीर्णोद्धार

राजा वीरेन्द्र सांस्कृतिक सम्पदाको संरक्षणमा अभिरुचि राख्ने हुनाले कतिपय मठ, मन्दिर, तालहरूको संरक्षण प्रोजेक्ट अवधारणा बनाउन निर्देशन दिइन्थ्यो । यस सन्दर्भमा बुढानिलकण्ठ मन्दिर क्षेत्रको योजना तर्जुमा गर्ने कुनै प्राविधिक थिएन कि ! यसमा राजाका सचिव नारायण प्रसाद श्रेष्ठ, अंचलाधीश धन बहादुर थापा र केही प्राविधिक इन्जिनियरहरूको भूमिका थियो । मेरा विभागीय साथी ई. श्यामसुन्दर शर्माको पनि यसमा संलग्नता थियो ।

बुढानिलकण्ठ नारायणको विग्रहलाई ढाक्न प्राकृतिक चँदुवाको रूपमा विशाल पिपलको रुख थियो जो सम्भवतः पचासौं वर्ष आयु बोकेको थियो । तर, संरक्षण गर्न आउने टोलीलाई अचम्मसँग भान भयो कि पिपलको रुखबाट निस्कने जराहरूले नारायणको मूर्तिलाई नराम्रो असर पु¥याउनेछन् । तसर्थ त्यही उद्देश्यमा सम्भवतः नारायण प्रसादको निर्देशनमा त्यस रुखलाई निर्मूल रूपले काट्ने काम गरियो । यो कार्य मेरो जानकारीमा अलि पछि मात्र आयो । यस कारण एक्कासि पिपलको रुख काटेपछि नारायणको विग्रह नाङ्गिएको अवस्था सिर्जना भयो र संलग्न टोलीलाई आफत आइपर्‍यो । यसै सन्दर्भमा मलाई सोधियो कि कसरी र कुन किसिमबाट सुन, चाँदी, पित्तल, तामा वा सुहागाको चँदुवा निर्माण गरियो भने यहाँको शोभा दर्शनीय हुन्छ भनेर । मैले हेर्दा पर्यावरणद्वारा नै नारायणलाई प्रदान गरिएको वस्त्रको त चीरहरण भइसकेको थियो। मैले जाँचबुझ केन्द्रलाई अंग्रेजीमा नै पत्र लेखें कि पिपलको रुख काट्ने काम राम्रो सोच नपुर्‍याई अनायास अप्रत्याशित रूपले गरिएको रहेछ, यो ठूलो त्रुटि हो, मनसाय जतिसुकै राम्रो भए पनि । यस कार्यलाई मैले क्भाि ष्लाष्अिजभम धयलिम भनेर संज्ञा दिए ।

त्यस्तै त्यहीं बुढानिलकण्ठ नारायण स्थानको परिसरमा राजा रानीको आदमकद मूर्ति स्थापना गर्ने प्रस्ताव पनि ल्याइएको थियो । मैले त्यसको पनि प्रतिवाद गरें र परापूर्व कालदेखि नै राजाले दर्शन गर्न जान नहुने भनिएको स्थलमा किन राजा रानीको मूर्ति स्थापना गर्नुपर्ने भन्ने मेरो तर्क थियो । त्यसो गर्नु उचित होइन, पहिलेदेखि चलीआएको मान्यतालाई अब भंग गर्नु ठिक होइन भन्ने मेरो भनाइ थियो । तर चाटुकारहरूको माझ मेरो कुराको असर नै भएन बल्कि प्रतिवाद मात्र भयो । आखिरमा राजा समक्ष नै सो कुरा उठाइयो ।

मैले राजा वीरेन्द्रसँग भनें— “सरकार परापूर्व कालदेखिको मान्यतालाई बिगारेर मूर्ति स्थापना गर्नु उचित हुँदैन । अगर विगतमा राजा रानीको मूर्ति राखिएन भने अहिले राख्नु कुनै तुक छैन, खालि सांस्कृतिक सम्पदाको वातावरणलाई बिगार्नु मात्र हो । जस्तै राजाले नारायणथानमा जानु हुँदैन भन्ने मान्यतालाई इन्कार गर्दै अहिले आएर ‘राजाले नारायणथानमा जान हुन्छ’ भन्ने मान्यता बनाउन खोजियो के त्यसो गर्ने नै चाहना हो त ? म त बिलकुलै त्यसो गर्न गर्न हुँदैन ।” राजा वीरेन्द्रले मुस्कुराउँदै भने “मूर्ति नराखौं” मलाई निश्चय पनि अति आनन्द लाग्यो । अगर राजाले चाटुकारहरूको सल्लाह अनुसार मूर्ति राख्ने भनेको भए भरत शर्माको के हालत हुन्थ्यो होला ? राजा सम्बन्धी कुरा भए पनि स्वयं राजाले नै त्यस प्रकारको प्रतिक्रिया जनाउनु उनको मानवीय गुण नै हो भन्ने जस्तो लाग्यो ।

टौदह जीर्णोद्धार

तिनताका पशुुपति संसेर शिक्षामन्त्री थिए र संस्कृति मन्त्रालय पनि उनको मातहतमा थियो । टौदहको जीर्णोद्धारको काम ई. श्याम सुन्दर शर्माको मातहतको टोलीले गरेको थियो तथा तत्सम्बन्धी योजनाको प्रस्तुति शिक्षा मन्त्रालय केशर महलमा भएको थियो । संयोगले विभागीय हिसाबले नै होला मलाई पनि योजनामा प्रस्तुति दिन बोलाइयो । त्यस प्रस्तुतिको केन्द्रीय आकर्षण दरबारका सचिव नारायण प्रसाद थिए । हुन त त्यसको अध्यक्षता मन्त्री राणाले नै गरेका थिए ।
प्रारम्भमा नै नारायण प्रसादले मन्त्रीलाई सम्बोधन गर्दै अलि कडा शब्दमा भने— “हेर्नुस मन्त्रीजी, सम्पदा संरक्षणमा सरकारको ठूलो दिलचस्पी छ तसर्थ सांस्कृतिक सम्पदा बारे यहाँको मन्त्रालय र स्वयं यहाँ आफै गम्भीर हुनुपर्‍यो ।” मन्त्रीले नतमस्तक भएर हुन्छ भने । त्यसपछि ई. श्याम सुन्दर शर्माले प्रस्तुति शुरू गरे । प्रस्तुतिका केही कुरामा मेरो असहमति थियो तापनि प्रस्तुति होउञ्जेल पुछारतिरको मेचमा चुपचाप नै बसिरहें । श्याम सुन्दरको प्रस्तुति सकिनासाथ मैले हात उठाएर ‘मन्त्रीज्यू’ मात्र के भनेको थिएँ पशुपति समशेर राणाले, सम्भवतः यो पछाडि बस्ने साधारण लुगा लगाएको झुत्रे होला भन्ने सोचेर पनि हुन सक्छ, अलि हेपेको स्वरमा ‘तपाइँ चुप लागेर बस्नुस्’ भन्न भ्याए । मलाई अपमानित गरे तापनि त्यति बेला म चुप लागेर बसें ।

त्यसपछि नारायण प्रसादले धाराप्रवाह ठोके—

You know why most of our temples, the idols are destroyed and defaces, the glaring examples are focus inAankowat in Cambodia too It is because of pipal trees. Hence they should be rooted out.

मैले बुझिहालें उनले बाठो ताल झिकेका हुन् र बुढानिलकण्ठको पिपलको रुख काट्न लगाएको पुष्ट्याई गरेका हुन् भनेर । उनले अरू पनि धेरै कुरा गरे र थपक्क अगाडिको मेजमा बसे । उनी बस्नासाथ म हठात् उठें— मेरो अन्तर्मनमा उब्जियो कि भरत शर्मा, पशुपति समशेरले अघि गरेको अपमानको जवाब दिने उचित मौका यही हो ।

मैले मन्त्रीलाई पनि सम्बोधन नगरी सीधै नारायण प्रसादजीतर्पm दृष्टि दिँदै भनें— हेर्नुस् सचिवजी तपाइँ त एउटा प्रोफेसर हुनुभएको, समाजको अग्रगण्य मानिस हुनुहुन्छ । But you are blatantly making unfounded gweebin remark regarding Pipal tree. Though I am not going to explain in religion and culture, but I am aware of the importance of Pipal tree in our social context. I think we do not but our acts together but make such base, less remarks and top justify the chobig of papal tree in Budhanilkantha you are quoting acknowledge you remarks. I think is baseless.

नारायण प्रसाद मतिर हेरेर मुस्कुराउन थाले । केही प्रतिवाद गरेनन्, तर मतिर फर्किएको उनको अनुहार हेर्न लायक थियो । किनकि केही अघिसम्म केही न केहीको व्यक्ति सम्झेर मलाई हेप्ने मनसाय लिएको मानिस नारायण प्रसादले छर्लङ्ग देखे, सुने कि मैले उनलाई नै त्यस्तो कडा हिसाबले प्रतिवाद गरेको थिएँ ।

काठमाडौं युनिभर्सिटी

टौदहसम्बन्धी त्यस वादविवादको लगत्तै पछि प्रस्तावित काठमाडौं युनिभर्सिटीको परिसर चाँगुमा बनाउने बारेको एजेन्डा रहेछ । स्थलगत निरीक्षणको पनि त्यसै दिन गर्ने कार्यक्रम रहेछ, जुन मलाई थाहा थिएन । मन्त्रीले मलाई सम्बोधन गर्दै भने— “भरतजी तपाइँ पनि हिँड्नुहोस्, चाँगु जाऔं ।”

मैले भनिहालें— “मेरो Terms of reference त्यसबारे नभएकोले म जानुपर्ने आवश्यकता छैन ।”

नारायण प्रसादले भने— “होइन होइन, भरतजी तपाइँ पनि जानुपर्छ जान्न नभन्नुस्, हिँड्नुहोस् ।”

त्यसपछि Out of Modesty पुगेर स्थल हेर्ने बित्तिकै मैले टिप्पणी गरिहालें— “यस्तो नाजुक प्राकृतिक सम्पदा जो कि एक महŒवपूर्ण सांस्कृतिक विरासत पनि हो, त्यस्तो चाँगुनारायण मन्दिरको अत्यन्त सन्निकट रहेको मनोरम जंगललाई फ्याँकेर युनिभर्सिटी बनाउन खोज्नु कदापि उचित होइन । यो विरोध युनिभर्सिटीको होइन, तर त्यसको लागि अर्कै उपयुक्त स्थलको खोजी गरिनुपर्छ ।”

त्यस बखत नारायण प्रसाद लगायत धेरैले मलाई समर्थन गरे । तर उपकुलपति सुरेशराज शर्माले अँध्यारो मुख लगाएको, उनी अलि क्रुद्ध भएको भान मलाई भयो । कारण उनले त त्यहाँ युनिभर्सिटीको शिलान्यास नै गर्ने व्यवस्था मिलाइसकेका रहेछन्, तथा केही समयपश्चात् नै विश्वविद्यालयको निर्माण हुरू गर्न खोजेका रहेछन् । मेरो प्रतिवादले उनको परिकल्पना तुहिएको जस्तो हुन गयो ।

सुरेशजी मेरो किशोर वयको जनकपुर हाइस्कुलको एक वर्ष सिनियर साथी मात्र नभई मेरै सम्बन्धी पनि पर्छन् । त्यस घटनापछि सुरेशराज सम्भवतः रुष्ट भए नै होला ! केही समय मसँग देखादेख हुँदा पनि औपचारिक बोलचाल खासै गरेनन् । निकै पछि मात्र सुरेशजी सामान्य धरातलमा आए ।

अहिले यसो विचार गर्छु, तात्कालिक रूपमा मेरो विरोधले उनलाई खिन्न तुल्याए पनि वास्तवमा विश्वविद्यालयका लागि उक्त घटना एउटठा चिठ्ठा भएर नै देखापरेको रहेछ, कारण उनले तुरुन्तै जस्तो युनिभर्सिटीलाई सुहाउँदो ठूलो ठाउँ धुलिखेलमा पाए । वास्तवमा मैले उनलाई गुनै लगाए जस्तो भो । मैले पछि यो कुरा उनलाई भनें पनि । अनि यसो मनमा लाग्यो— स्वार्थको घेरामा परेका बेलामा हामी कसरी ठिक वेठिक छुट्याउन असमर्थ हुँदा रहेछौं ! नत्र भए त्यत्रा कहलिएका विद्वान् सुरेशराजजीको मन मप्रति क्षणिक नै भए पनि किन कुण्ठित हुँदो हो ? सम्भवतः यस्तो हुनु पनि हाम्रो मानव सुलभ कमजोरी नै होला ।

गुरुयोजनाको काम

मेरो पशुपतिको गुरुयोजनाको काम अनवरत रूपमा आफ्नै घरमा चलिरहेको थियो । २०४४–४५ सालतिर मैले गुरुयोजनाको अवधारणा राजासमक्ष पेश गर्नुपर्ने समय पनि मलाई घचघच्याउँदै आइपुग्यो र मंगलसदनमा पेश गर्ने मिति, दिन र समय दरबारबाट तोकियो । सम्भवतः समय दुइ बजेतिरको थियो, गुरुयोजना बारे अवगत हुन प्रधानमन्त्री मरीचमान सिंह, पशुपति समशेर जबरा, यादव प्रसाद पन्त आदिहरू पनि मंगलसदनमा समय अगावै आइपुगेका थिए । साथै पशुपति विकास कोषका सबै सदस्यहरू पनि आइसकेका थिए । अनायास मंगलसदनको भित्री बैठक कोठाभन्दा बाहिरको अर्को कोठाबाट एक सज्जन निस्किए र मलाई बोलाउँदै भने— “भरतजी तपाइँलाई प्रधानमन्त्रीजीले भित्र बोलाउनु भएको छ ।”

म मंगलसदनको बाहिर आफ्नो गुरुयोजनाको अवधारणा सम्बन्धी नक्साहरूको मुठो लिएर राजा समक्ष पेश हुने प्रतिक्षामा थिएँ । प्रधानमन्त्रीले डाकेपछि जानैपर्‍यो । कोठाभित्र पसें । त्यहाँ प्रधानमन्त्रीका अतिरिक्त अरू मन्त्रीहरू पनि प्रतिक्षारत थिए । मैले प्रधानमन्त्रीलाई नमस्कार गर्दै भनें— “सम्माननीय प्रधानमन्त्रीजीले किन बोलाउनु भएको हो ?”

मरिचमानजीले भने— “तपाइँले अवधारणा राख्न कति समय लिनुहुन्छ ?”

मैले विस्मित हुँदै भनें— “प्रधानमन्त्रीज्यू, मलाई मोटामोटी करीव दुइ घण्टा लाग्छ होला, मैले यसका बारे सरकारमा बिन्ती पनि गरिसकेको छु ।”

मरिचमानले भने— “बाफरे बाफ दुइ घण्टा ?”

मैले भनें— “किन प्रधानमन्त्रीज्यू यदि यहाँको समय सीमित छ भने म सरकारमा बिन्ति गरी आधा घण्टाभित्र पनि सक्न सक्छु यहाँको सीमित समयलाई याद गरेर ।”

प्रधानमन्त्रीले भने— “होइन होइन, तपाइँलाई जति समय चाहिन्छ र दिइएको छ पुरा लिनुस् ।”

म जाउँ त ? भनेर म कोठा बाहिर निस्के । मलाई उदेक लाग्यो किन हठात् प्रधानमन्त्रीले मलाई त्यसो भनेको होला भनेर । पछि गम्भीर रूपमा सोच्दा मलाई लाग्यो कि सम्भवतः पशुपति समशेरले नै प्रधानमन्त्रीलाई ‘यो भरत शर्मा अलि लामो र चर्को चर्को कुरा गर्छ’ भनेर सुनाएका पो थिए कि । सायद त्यस कारणले नै मरीचमानजीले मलाई बोलाउन लाएर त्यसो सोधेको होला ! कारण पशुपति समशेरलाई उनीसँग पहिले भएको घटनाले केरो बारेमा सतर्क गराएको नै थियो । त्यसपछि लगत्तै मलाई भित्री बैठक कोठामा बोलाइयो जहाँ राजा रानीको सवारी भइसकेको थियो । म नक्साहरूको ठूलो मुठो लिँदै भित्र पसें र राजा रानीलाई यथोचित नमस्कार गरें । कोठा मानिसहरूले टम्म भरिएको थियो । प्रधानमन्त्री र मन्त्रीहरूको अतिरिक्त रञ्जनराज खनाल, नारायण प्रसाद श्रेष्ठ, चिरन थापाहरू पनि थिए ।

मैले राजालाई बिन्ति गर्दै आफ्नो प्रस्तुति शुरू गरें । मेरो प्रस्तुतिकरणको तरिका अलि भिन्न किसिमको छ । म नोटहरू बनाएर त्यस अनुरूप गर्थें । मेरो तरिका एक्सटेम्पर नै हुने गर्छ— याने विषय वस्तुलाई लिखितरूपमा नपढ्ने बरु त्यसै स्वस्फुर्त रूपले प्रस्तुत गर्ने । हुनत यस प्रकारको (एक्सटेम्पर) प्रस्तुति दिँदा क्रमबद्ध नहुन पनि सक्छ, त्यसो हुन गएमा सिलसिला नमिली निकै त्रुटिपूर्ण हुन जाने तथा प्रस्तुति नै कमजोर हुने पनि सम्भावना रहन्छ । तर मैले धाराप्रवाह आफ्नो भनाइ राख्ने प्रयास गरें । मेरो बोलिलाई मैले प्रस्तुत गरेका नक्साहरूले टेवा दिइराखेका थिए । त्यति बेला पावरप्वाइन्टको उपयोग गरेर सचित्र प्रस्तुति दिने तकनिक प्रचलनमा आइसकेको थिएन ।

मैले पशुपतिको गुरुयोजनाको अवधारणाका बारेमा झन्डै दुइ घण्टा बताएपछि, मरीचमानजीलाई पुष्ट्याइँ दिन भनें— “सरकार ! I have taken about two hours. Should I stop or continue ?”

राजाले तुरन्त भने— “Go ahead. You have another half an hour.”

मैले मरीचमानजीतिर हेरें । उनी नतमस्तक भएको अनुहारमा थिए । मेरो प्रस्तुतिको बीचबीचमा राजा या रानीले केही टिप्पणी पनि गरे । मेरो तर्कसँग उनीहरूअसहमत भएको जस्तो देखिए म तत्काल नै भन्थें—

“No Sarkar, it can not be that way, but it is for you to decide. As a planner I strongly feel that whatever has been proposed, does help Pashupati environmentlly, physicallhy and socioculturally.”

मेरो प्रस्तुति सकिएपछि मैले भनें— “Sarkar I have done.”

राजाले अन्यतिर फर्केर भने— “कसैको केही भन्नु सोध्नु छ ?” एक दुइ जनाले कुरा नबुझेर त्यसै प्रश्न गर्दा राजाले भने— “No he has well covered your concern and addressed it well.” त्यसपछि त अरूको आँटै भएन केही सोध्न । राजाले मेरो गुरुयोजनालाई स्वीकृति प्रदान गरे ।

त्यसपछि जलपानको कार्यक्रम थियो । रञ्जन राज, नारायण प्रसाद र चिरन थापाले बाहिर आएर राम्रो भनेर मलाई बधाइ दिए । चिरनले त भने— “Bharat jee it seems you were at Harvard univ. It is good work.”

मैले विनीत भाषामा भनें— To do dedicated work, one needs not go to Harvard, though Harvard did provided me enormous insight.

चियापानपछि म पनि नक्साहरूको पोको बोक्दै मालिगाउँ घरतिर लागें, एउटा राम्रो अनुभूतिका साथ । राजालाई मेरो अवधारणा ठिक नलागेको भए सम्भवतः मेरो अध्याय नै समाप्त हुन्थ्यो होला । मलाई ठूलो भारी बिसाए जस्तो अनुभूति भयो ।

मेरो गुरुयोजनाको अवधारणाका मूल आयामहरू संक्षेपमा निम्न थिए—

मेरो दृष्टिकोणमा पशुपतिको भौगोलिक स्थिति काठमाडौंको परिवेशमा अलौकिक छ । यसले भविष्यमा हुने व्यवस्थित शहरीकरणलाई पनि ठूलो टेवा दिने कारक तत्व हुने थियो । पशुपति क्षेत्रलाई एउटा छुट्टै टापु नभई काठमाडौंको मुटुको रूपमा मैले देख्ने गरेको छु । यस क्षेत्रको सीमा (चार किल्ला) अति नै संवेदनशील रूपमा रहेका छन्— पूर्वमा गौचर तथा शिवपुरी बाबाको आश्रम, पश्चिममा धोबिखोला, दक्षिणमा तिलगंगा र उत्तरमा गुह्श्वरीको वागमती नदीसँगैको फाँट । विकासको दृष्टिकोणले यो पूरा क्षेत्रलाई हेर्ने मेरो नजरिया अलि भिन्न खालको रहेको छ । मेरो नजरमा विकासलाई समष्टि रूपमा नै हेर्नुपर्छ— एकाङ्गी रूपमा भौतिक दृष्टिले मात्र होइन कि जहिले पनि जहाँ पनि विकासको कुरा गर्दा धार्मिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक पक्षहरूलाई समग्रतामा समेट्न सक्नुपर्छ । यसो गर्दा मूलतः वातावरणीय विकासको बाटो फराकिलो हुँदे जान्छ ।

मलाई पशुपति जाँदै गर्दा जहिले पनि अनुभव हुने गर्छ कि आराध्य देव पशुपतिको मन्दिर परिसरभित्र रहेको नन्दीको मूर्तिसँग मेरो सिर नठोकियुञ्जेल म पशुपतिनाथको प्राङ्गणमा पुगेकै हुन्न । त्यस्तो हुनु मेरो दृष्टिकोणमा त्यस पावन स्थलको समष्टिगत विकासमा नहुनु नै हो, जुन ठूलो त्रुटि हो । पशुपति क्षेत्रमा प्रवेश गर्नुअघि नै जो कसैलाई पनि पूर्वाभास हुँदै रहनुपर्छ कि म पशुपतिनाथको दर्शनका लागि गइरहेको छु । उसलाई पशुपतिनाथको प्राङ्गणमा पाइला राख्दै गर्दा भगवान्प्रतिको समर्पणको उत्सर्गमा पुग्न सकेको अनुभूति हुनुपर्छ । यसो हुन सक्नु नै पशुपति क्षेत्रको विकासको मूल मन्त्र हुनुपर्ने जस्तो मलाई लाग्छ । कुनै दिशाबाट पनि पशुपति क्षेत्रमा प्रवेश गर्दा क्रमिक रूपमा वातावरणीय अनुभूति हुँदै गई कुनै पावन स्थलमा प्रवेश गरिरहेको अुनभूति दिलाउन सक्नु पशुपति क्षेत्र गुरुयोजनाको मुख्य अवधारणा हुनुपर्छ भन्ने मेरो प्रयास रहेको थियो । यस सोचबाट प्रेरित भएर मैले पशुपति क्षेत्रलाई यस ठाउँको प्रयोगको आधारमा समन्वयात्मक तौर तथा मर्यादाक्रम अनुसार निम्न उपक्षेत्रहरूमा विभाजित गरेको थिएँ—

१. Core Area (मूल क्षेत्र)
२. Consonant Area  (सामञ्जस्य क्षेत्र)
३. Continuum Area (सातत्य क्षेत्र)
४. Cognitive Congruent Area

मूल क्षेत्रलाई मैले अन्तरङ्ग याने मुटु क्षेत्रको रूपमा परिभाषित गरेको छु, जहाँ देवाधिदेव पशुपतिनाथको निवास छ । यो क्षेत्रलाई निकै संवेदनशील क्षेत्रको रूपमा लिइने गरिन्छ । यो क्षेत्रलाई मैले एकदमै नाजुक र सम्पूर्ण क्षेत्रको रूपमा लएको छु ।

गुरुयोजनाको अवधारणामा सामञ्जस्य क्षेत्रको भूमिका महत्वपूर्ण मानिएको थियो । सामञ्जस्य क्षेत्रले कैलाश, वनकाली आदिलाई समेटेको थियो । स्वर वर्ण विना व्यञ्जन वर्णको मात्र उच्चारण गर्नु असम्भव हुन्छ र शब्द बन्नै सक्तैन । मैले पशुपति क्षेत्रको अवधारणा तयार गर्दा सामञ्जस्य क्षेत्र र मूल क्षेत्र भनेर जुन छुट्ट्याएँ त्यो बेला मैले यिनलाई व्यञ्जन वर्ण र स्वर वर्णको रूपमा हेरेको थिएँ । यो भावनात्मक उद्गार मात्र थिएन, वास्तवमा गुरुयोजनामा भू–उपयोगको सामञ्जस्यको चुनौती थियो । वनकाली क्षेत्रको माहात्म्य भन्नु त्यहाँ रहेका बोट विरुवा, पशु पंछी यावत्को भगवान् पशुपतिनाथसँग एकाकार हुने गरी गाँसिएको सम्बन्ध थियो । तसर्थ विगतमा त्यहाँ वनस्पति मासेर धर्मशाला बनाउनु सर्वथा अनुचित नै थियो । त्यस्तै वनस्पति क्षेत्रभित्र द्रुत गतिले गरिएको वस्ती विकास पनि ठिक थिएन । पुलिस चौकी निर्माण स्थल पनि उचित थिएन । धर्मशाला, पुलिस चौकी आदि संरचना निश्चय पनि चाहिन्छन्, अत्यावश्यक छन् तर तिनका लागि उपयोग गरिएका ठाउँहरू बिलकुल नै अनुचित थिए ।

गुरुयोजनाले समेटेको अर्को अहं पक्ष भनेको विभिन्न दैनिक क्रियाकलापहरूलाई निरन्तरता दिने भौतिक निर्माणहरू हुन् । जस्तै पशुपति म्युजियम, शैव पुस्तकालय, धर्मशाला, पशुपति सम्बन्धी अनुसन्धान केन्द्र, काशीवास जस्तै पशुपतिवासको व्यवस्था, रिङ्गरोडको दक्षिणपट्टि ठूलो पार्किङ्ग स्थल निर्माण आदि । त्यस्तै सामञ्जस्य क्षेत्रमा वाहन लैजान निषेध गर्ने, बुढाबुढी र असक्तहरूको लागि पशुपति प्राङ्गणसम्म सजिलै पुर्‍याउन सक्ने व्यवस्था गर्ने, विद्युतीय शवदाहगृह निर्माण गर्ने, वागमती नदीको पानीको शुद्धीकरण गर्ने एवं जलप्रवाहको मात्रा बढाउने, गुह्येश्वरीको वागमतीपारी उत्तरतिरको फाँटको कृषि क्षेत्रको संरक्षण गर्ने र त्यस क्षेत्रमा शहरीकरण हुनमाथि रोक लगाउने आदि ।
यहाँ उल्लिखित भौतिक निर्माणहरू हुन सकेको खण्डमा पशुपति क्षेत्रको ल्यान्डस्केप राम्रो हुने मात्र नभई त्यो क्षेत्र सधैंभरि गाई, साँढे, बाँदर आदि विचरण गर्ने मनोरम स्थल हुन जाने पक्का थियो । त्यस क्षेत्रमा भूउपयोगको नाममा जथाभाबि गरिने शहरीकरण रोक्नुको पछाडि वागमती नदीमा ढल आदि नमिसिने र पानी पनि स्वच्छ हुन जाने अवस्था परिकल्पना गरिएको थियो ।

हाल होटल आदिले भरिएको तारा गाउँ क्षेत्र त्यतिखेर गुरुयोजनाको परिकल्पना गर्दा एकदमै खुला क्षेत्र थियो । बौद्धनाथ स्तुपलाई पशुपतिसँगको Vigual corridor मा अन्योन्याश्रित हिसाबले गाँस्न सक्ने मनोरम दृश्यका सिर्जना हुने, मृगस्थली क्षेत्रको प्राकृतिक स्तरको वृद्धि गर्ने र पूरा पशुपति क्षेत्रमा अवस्थित धार्मिक, सांस्कृतिक क्षेत्रको संरक्षण, जात्रा मार्गहरूको संरक्षण सम्बन्धी आदि गुरुयोजनाले समेटेको थियो । त्यस क्षेत्रमा ऐतिहासिक पाटी पौवा, मठ मन्दिर, पञ्चदेवता विश्वरूप आदिको संरक्षण आदि पनि समेटिएको थियो । त्यस्तै ऐतिहासिक पोखरी र इनारहरू संरक्षण तथा जीर्णोद्धार गर्नुपर्ने कुरालाई पनि समावेश गरिएको थियो ।

वनकाली क्षेत्रको अतिरिक्त मूल क्षेत्रको पश्चिम ढोकाअगाडिका केही र देवपत्तन क्षेत्रका केही अनधिकृत हिसाबले बनेका घरहरू पशुपति मन्दिरलाई उजागर गर्न हटाउनुपर्ने स्थिति देखिएको थियो । निकै संवेदनशील हुनाले ती घरधनीहरूसँग अन्तरक्रिया गरी उनीहरूलाई विकल्प सहित उचित मुआब्जा दिनुपर्ने कुरा पनि योजनाकारका हैसियतले सोचिएको थियो । पशुपति क्षेत्रको विकास गर्ने क्रममा उनीहरूको जहाज डुब्नु पनि उचित थिएन । यसैले गुरुयोजनाको परिकल्पना गर्दा जहिले पनि लाग्दथ्यो कि यो प्रारम्भिक योजना भन्ने कुरा पूर्णतया राजनीतिक प्रक्रिया हो, त्यसैले यद्यपि म राजनीतिक होइन तर पनि योजनाको तर्जुमा गर्दा जहिले पनि म राजनीतिक अन्तश्चेतनाको उपयोग गर्ने गर्थें । यसै सन्दर्भमा एउटा रोचक घटना भएको थियो । शेरबहादुरको प्रधामन्त्रीत्व कालमा एक दिन मलाई पशुपति विकास कोष पदाधिकारीहरूले शेरबहादुरजीसँग भेट गराउन मलाई सिंहदरबार लगेका थिए ।

गुरुयोजनाबारे छलफल हुँदा मैले भनें— “प्रधानमन्त्रीज्यू खोइ स्वीकृत गुरुयोजना अनुसार काम हुन सकेको छैन, तसर्थ यसको उपयोगिता नै भएन । कि त काम हुन पर्‍यो नत्र भए यस गुरुयोजनाको विकल्पमा जानुपर्‍यो ।”

शेरबहादुरजीले अलि रन्थनिएर भने— “यो गुरुयोजनाबारे पशुपति क्षेत्रको विकासका अध्यक्ष बडामहारानी सरकारमा बिन्ति चढाउने र सरकारबाट जे हुकुम हुन्छ त्यही नै ठोक्ने ।”

मैले अलि विस्मित हुँदै भनें— “प्रजातान्त्रिक पद्धतिमा पनि सामन्ती शासनपद्धतिमा जस्तै ‘ठोक्ने’ भन्ने कुरा हुन्छ र प्रधानमन्त्रीज्यू !”

उनले भने— “जति पनि हुन्छ, ठोक्नुपर्छ ।”

त्यसको लगत्तै नारायणहिटीको गणेश हिमाल बैठकमा हामी बडामहारानीलाई भेट्न जाने भयौं । । गुरुयोजनाका बारेमा मैले केही कुरा राखें । खास गरेर काम अगाडि हुन नसकेकोमा मैले बढी चासो देखाएँ । मैले रानीलाई स्पष्ट शब्द र शुद्ध भावनामा भनें— “यहाँ आउनु अगाडि हामी प्रधानमन्त्रीकहाँ गएको थियौं । मैले नै उहाँसमक्ष गुरुयोजना कार्यान्वयन हुन नसकेको कुरा विस्तारपूर्वक राखें । उहाँले यी सबै कुरा बडामहारानी सरकारमा बिन्ति चढाउने र सरकारबाट जे हुकुम हुन्छ त्यही नै ठोक्ने भन्नुभयो । सरकार ! अहिले नेपालले स्वीकार गरेको शासनपद्धतिमा पनि त्यस्तो ठोक्ने कुरा हुन्छ र ?”

रानीले अलि मुस्कुराउँदै भनिन्— “डेमोक्य्राटिक सिस्टममा मैले हुकुम गर्ने कुरा नै भएन, भरतजी मलाई लाग्छ कोषका पदाधिकारीहरूले प्रधानमन्त्रीलाई राम्रोसँग बुझाउन नसकेको हुनुपर्छ ।”

त्यसपछि मैले भनें— “सरकार ! गुरुयोजनाको काम अगाडि बढ्न सकेको छैन । योजनाकारको रूपबाट अब म फुर्सत पाउँ । सम्भवतः भरत शर्माभन्दा अर्को राम्रो योजनाकारले राम्रो सन्तोषप्रद रूपमा योजना बनाउन सक्छ कि !”

उनले भनिन्— “होइन, तपाइँले त आफ्नो काम राम्रोसँग गर्नुभएको छ । सम्भवतः हामी कोषको तर्फबाट नै केही कमी कमजोरीले गर्दा गुरुयोजनाको काम कार्यान्वयन हुन ढिला भएको हो, तपाइँको कारणले होइन ।”

बडामहारानीबाट यो सुन्दा मलाई मेरो सोच र काम गराइ ठिकै रहेछ जस्तो अनुभूति भयो । त्यसपछि मैले भनें— “सरकार ! मैले गुरुयोजनाका बारेमा कुनै किसिमको स्पष्टीकरण दिनुपर्नेछ भने दिन्छु, नत्र भए मेरो कार्यालय भवनविभागमा पूर्वनिर्धारित मिटिङ्ग छ, म जाने अनुमति पाउँ ।”
मेरो कुरा सुनेर रानीले मन्द मुस्कान सहित भनिन्— “हुन्छ, तपाइँ जानुस् ।”

त्यसपछि नक्सा आदिको बिटो बोक्दै म बाहिरिएँ । पछि त्यस दिनको घटनाबारे केही मेरा हितैषीहरूले मलाई गाली नै गरे । उनीहरूले भने— “भरतजी ! राजा, रानी प्रधानमन्त्रीहरूका अगाडि मेरो मिटिङ्ग छ, म जाउँ भनेर तपाइँले गरेको कुरा मर्यादाक्रमका आधारमा बिलकुलै मिल्दैन, त्यसो नगर्नेपर्ने थियो, हुनत त्यसो गर्न पनि तपाइँ जस्तो मानिस मात्र सफल र भाग्यमानी पन हुन्छ ।”

(प्रा. डा. शर्माको ‘निर्मल दृष्टिमा राजा वीरेन्द्र’ पुस्तकबाट साभार)

जेष्ठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्