हवाई यात्रुलाई पीसीआर परीक्षण अनिवार्य, पैदलको परीक्षण ओझेलमा

सिमकोट – तीव्र गतिमा कर्णाली प्रदेशमा कोरोना संक्रमण फैलिरहेका बेला हुम्लामा हवाई मार्गबाट भित्रिनेका लागि पीसीआर परीक्षण अनिवार्य गरिए पनि पैदल यात्रीलाई भने त्यस्तो कुनै व्यवस्था गरिएको छैन ।

परीक्षण किटको अभाव भन्दै काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट पैदल मार्ग भएर हुम्लामा मानिसहरु भित्रन थालेका छन् ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार जिल्ला विपद व्यवस्थापन समितिले हवाई मार्गबाट जिल्ला भित्रिने यात्रुका लागि अनिवार्य पीसीआर परीक्षणको रिपोर्ट हुनुपर्ने निर्णय गरेपछि संक्रमित भित्रिने संभावना नभए पनि पैदल यात्रुलाई भने त्यस्तो व्यवस्था छैन ।

नेपालगञ्ज र सुर्खेतबाट हुम्लामा २७१ जना पैदल यात्री भित्रिएका छन् । यसरी जिल्ला भित्रिनेमा चंखेली, सर्केगार्ड, खार्पुनाथ र अदानचुली गाउँपालिकाका बासिन्दा रहेका छन् ।

जेष्ठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू