ठूलो संख्यामा नेपाली आज विदेश जाँदै, कोरियन एयर सिउलतर्फ र नेपाल एयरलाइन्सका तीन विमान हङकङ जाँदै

फाइल तस्बिर ।

काठमाडौँ – नेपाल एयरलाइन्सका तीन वटा विमान सोमबार हङकङ जाँदै छन्। त्रिभुवन विमानस्थलबाट राति ८, साढे ८ र ९ बजे गरि नेपाल एयरलाइन्सका तीनवटा विमान हङकङका लागि उड्दैछन्।

तीनवटै विमानले नेपालबाट यात्रु लैजाँदै छन्। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार हङकङ जाने अधिकांश यात्रुमा नेपाली र नेपाली मुलका छन्।

यसैगरि कोरियन एयर बिहान ६९ नेपालीसहित २ सय ३२ यात्रु लिएर सिउलका लागि उडेको छ। कोरोनो भाइरसको नियन्त्रण तथा रोकथामका लागि देशब्यापी लकडाउन सुरु भएयता नेपालबाट विभिन्न देशले आफ्ना नागरिक पटकपटक ओसारिरहेका छन्।

यसरी फर्कने यात्रुमा नेपालीसमेत रहेका छन्। आइतबार मात्र कतार एयरवेजको विमान एक सय ६३ नेपालीसहित ३ सय १२ जना यात्रु लिएर दोहा हुँदै अमेरिकाका लागि उडेको थियो।

कतार एयरवेजले मात्र युरोप र अमेरिकाका लागि नेपालबाट १४ वटा उद्धार फ्लाइट गरिसकेको छ।

जेठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्