धनगढी– सुदूरपश्चिम प्रदेशमा एकैदिन १८ जना कोरोना संक्रमित थपिएका छन् । १८ जना थपिए सँगै सुदूरपश्चिम प्रदेश भित्र संक्रमितको सङख्या ४३ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालले भर्खरै सार्वजनिक गरेको विवरण अनुसार नयाँ संक्रमित मध्ये कैलालीका १४ जना रहेका छन् । उनीहरु मध्ये ११ जना पुरुष र तीन जना महिला रहेका छन् ।

यसैगरी अछाम जिल्लाका एक पुरुष, बैतडीका एक पुरुष, डोटीका एक पुरुष र कञ्चनपुरका एक पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

जेठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्