तिब्बत सरकारद्वारा प्रदेश १ लाई स्वास्थ्य सामग्री प्रदान

विराटनगर – चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले प्रदेश १ सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।

सोमबार विराटनरमा आयोजित एक कार्यक्रममा मु्ख्यमन्त्री शेरधन राईलाई नेपाल चीन कार्यकारी परिषद्ले ७ करोड ७४ लाख रुपैयाँ बराबरको सामग्री प्रदान गरेको हो।

सो क्रममा मुख्यमन्त्री राईले प्राप्त स्वास्थ्य सामग्रीहरुले प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रुपमा प्रयोग गरिने बताए।

परिषद्का प्रदेश एक संयोजक एवं उद्योगी मुकेश उपाध्यायले कोभिड १९ महामारी नियन्त्रणका लागि सामग्रीले सहयोग पुग्ने उल्लेख गरे।

परिषद्ले उपलब्ध गराएको सामग्रीमा पीसीआर मेसिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स–रे पोर्टेबल मेशिन १ थान रहेको संयोजक उपाध्यायले जानकारी दिए।

त्यस्तै आरडिटी किट १० हजार, पीसीआरमा प्रयोग हुने भिटिएम भाइल १० हजार, स्वाब स्टिक २० हजार थान, पीपीइ ५ हजार, एन ९५ मास्क ५ हजार, सर्जिकल माक्स २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस सिल्ड २५ सय, आइआर थर्माेमिटर २ सय, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेशिन १ थान, ह्यान्ड स्यानिटाइजर ५ सय मिलिलिटर रहेको छ।

प्रदेशमा करिब ८ हजारको पीसीआर परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कोरोना सूचना डेस्कले जनाएको छ।

त्यसैगरि, प्रदेशमा हालसम्म १ सय ६२ जनालाई कोभिड—१९ संक्रमण पुष्टि भएको छ भने ३० जना सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

जेठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्