प्रदेश २ मा थपिए ८२ कोरोना संक्रमित

वीरगञ्ज – प्रदेश नम्बर २ मा सोमबार थप ८२ जना कोरोना संक्रमित भेटिएका छन । प्रदेश २ का विभिन्न ६ वटा जिल्लामा गरि थप ८२ जना नयाँ कोरोना संक्रमितहरु भेटिएका हुन् ।

सर्लाही जिल्लाका ३८, रौतहटका १८, सप्तरीका १२, धनुषाका ७, सिरहाका ५ र महोत्तरी जिल्लाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश नम्बर २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।

राष्ट्रिय जनास्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

जेष्ठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू