धनुषा र सर्लाहीबाट दुई युवक हतियार र लागुऔषधसहित पक्राउ

जनकपुरधाम-धनुषा र सर्लाहीबाट दुई जना हतियार र लागुऔषधसहित पक्राउ परेका छन्। धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ बलौनी स्थित आपँको बगैचाबाट एकजना युवक पक्राउ परेका छन्।

महोत्तरीको लोहरपट्टी गाउँपालिका ८ का २० वर्षीय डिके भन्ने आजेजुल राइनलाई अटोमेटिक पेस्तोल एक थान र त्यसको म्यागजिन ३ थान, पेस्तोलमा लाग्ने गोली ५ राउड सहित नियन्त्रणमा लिएको २ नम्बर प्रदेश प्रहरीका प्रवक्ता जयराज सोपकोटाले जानकारी दिएका छन्।

राइनलाई मोटरसाइकलको तलासी गर्दा निजले लगाएको हेलमेट र मोटरसाईकलबाट हतियार बरामद गरेको छ ।

त्यस्तै सर्लाहीको मलंगवा नगरपालिका वडा नं. १ भेडहिया स्थितमा सोही स्थानका १८ वर्षीय युवक जितेन्द्र कुमार रामलाई भारतबाट नेपाल तर्फ आउँदै गरेको क्रममा शंकाको आधारमा चेकजाँच गर्दा लागुऔषध वालेरेक्स सय मिली ५० थान सहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक सापकोटाले जानकारी दिए।

जेष्ठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्