दार्चुलासहित पश्चिमी पहाडी जिल्लाहरुमा सिडिओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले पश्चिम नेपालका धेरै पहाडी जिल्लाका जिल्ला प्रशासन प्रमुख-सिडीओ फेरेको छ।

सिमा विवादमा परेको दार्चुलासहित कालिकोट, डोटी, हुम्ला, रोल्पा, बझाङका सीडीओ फेरिएका छन्। अन्य पहाडी जिल्लाहरु पाल्पा, संखुवासभा र ओखलढुंगाका पनि सिडीओ फेरिएका छन्। महोत्तरी, बर्दिया, सुर्खेतको पनि नेतृत्व फेरिएको छ।

सुर्खेतका सिडिओ रमेश न्यौपानेलाई पाल्पामा पठाइएको छ।  सुर्खेतमा हिरालाल रेग्मी,  महोत्तरीमा कृष्ण बहादुर कटवाल, बर्दियामा लिलाधर अधिकारी, चन्द्र गैरेलाई कालिकोट र भीम भट्टराईलाई डोटी पठाइएको छ।

ओखलढुगामा कृष्ण पौडेल, दार्चुलामा शरद पोखरेल, संखुवासभामा जीवन आचार्य, रोल्पामा नरेन्द्र राना, हुम्लामा चिरञ्जिवी गिरी र बझाङमा कमलराज भण्डारीलाई जिम्मेवारी दिइएको छ।

जेठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्