हालसम्म कति जनाको पीसीआर परीक्षण गरियो?

फाइल तस्बिर।

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ३ सय १० र आरडिटी विधिबाट २ हजार ६ सय ४८ वटा परीक्षण भएको जानकारी दिएको छ।

मन्त्रालयको नियमित व्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. विकास देवकोटाले हालसम्म पीसीआरबाट कुल ७१ हजार ९ सय ३ र आरडीटीबाट १ लाख १३ हजार ७ सय ५७ वटा परीक्षण भएको जानकारी दिए।

डादेवकोटाका अनुसार हाल देशभर १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टिनमा रहेका छन। यस्तै देशभर हाल आइसोलेसनमा १ हजार ५६९ जना रहेका छन्।

डा. देवकोटाका अनुसार देशभर हाल ४७३ जना रेड जोनमा परेका छन, तीमध्य गत चोबीस घन्टामा ३ जना रेड जोनमा परेका हुन्।

जेठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्