राजदरबार हत्याकान्डको सम्झनामा सजिए तत्कालीन राजा वीरेन्द्रका सालिकहरु (तस्विरहरु)

काठमाडौं – राजदरबार हत्याकान्ड भएको सोमबार १९ वर्ष पूरा भएर २० वर्ष लागेको छ।

२०५८ साल जेठ १९ गते राति तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्या, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीलगायतको रहस्यमय हत्या भएको थियो। हत्या कसले गरेको थियो भन्ने अझै पत्ता लाग्न सकेको छैन।

वीरेन्द्रको वंश नै नास भएपछि उनका भाइ ज्ञानेन्द्रले राजगद्दी सम्हालेका थिए। ०६२/६३ को जनआन्दोलनले गणतन्त्र ल्याएपछि नेपालमा राजसंस्थाको अन्त्य भएको थियो।

राजनीतिक र प्रशासनिक रुपमा राजसंस्था सकिएपनि यो व्यवस्थाप्रति आस्था र विश्वास गर्ने जमात अझै पनि ठूलो छ। राजपरिवारका सदस्यका विषेश दिनहरुमा शुभकामना दिनेहरुको जनलहर देखिन्छ।

राज परिवारको हत्या भएको दिन भएपनि हरेक जेठ १९ मा तत्कालिन राजा वीरेन्द्रका शालिकहरु सजिने गर्छन्। उनका शालिकहरुमा माल्यार्पण गरेर श्रद्धा व्यक्त गर्ने गरिन्छ।

जेष्ठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्