झापा बाह्रदशीमा दुई जना सङ्क्रमित थपिए, जिल्लाभर पुष्टि भएका सङ्क्रमितको संख्या ११३ पुग्यो

झापा- झापाको बाह्रदशी गाउँपालिकाका दुई जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण सोमबार पुष्टि भएको छ।

यस अघि उक्त गाउँपालिकामा दुईजनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो।

सोमबार सङ्क्रमण पुष्टि भएकाहरू पनि भारतको मुम्बईबाट आएका थिए।

उनीहरुलाई पनि सीमाबाट सोझै क्वारेन्टीमा राखिएको गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए।

झापाभर अहिलेसम्म ११३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

कचनकवल गाउँपालिकामा १ सय जना, बाह्रदशीमा ४ जना, गौरीगञ्जमा ४ जना, गौरादह नगरपालिकामा २ जना, दमक नगरपालिकामा १ जना, भद्रपुर नगरपालिकामा १ जना र झापा गाउँपालिकामा १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमितहरुको उपचार अहिलेसम्म कोशी अस्पताल विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ।

जेठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्