कोरोनाका कारण थल्लिदै प्रदेश-२, आज भेटिएका सबै संक्रमित भारतबाटै फर्किएका

पर्सा-पछिल्लो समय प्रदेश नम्बर २ का आठ वटै जिल्लामा देखिएका कोरोना संक्रमितहरुमध्ये अधिकाँश संक्रमित हरु भारतबाट फर्किएका पाइएको छ।प्रदेशमा रहेको आठ वटै जिल्लामा पछिल्लो समय कोरोना भाईरसका संक्रमित हरुको सँख्या ह्वातै बढेको छ । ती मध्ये अधिकाँश संक्रमित हरु भारतबाटै फर्किएको पाईएको हो।

भारतबाट फर्किएका अधिकाँश ब्यक्तिहरुमा कोरोना सँक्रमण भएको पाइएपछि प्रदेश २ को समाजिक बिकाश मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले डाक्टर,नर्सहरुलाई नहडबडाईकन संक्रमित रहेको आईसोलेशनमा जान अनुरोध गरेका छन्।

सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै सचिव घिमिरेले कुनै पनि बेला प्रदेशमा रहेका संक्रमित हरुको अवस्था बिग्रिन सक्ने बताउदै शिक्षकहरुलाइ काउन्सिलिङको लागि जुटन र राष्ट्रसेवकहरुलाई ब्यावस्थापनमा जुटन आग्रह समेत गरे।

‘पछिल्लो समयमा कोरोना संक्रमित ब्यक्तिहरुको सँखया तिब्र रुपमा बृद्धि भइरहेको छ अवस्था गम्भिर बन्दै गईरहेको छ यो अवस्थामा सबैजनाको पुर्वतयारी त्यतिकै जरुरी छ,सचिव घिमिरेले भने,कुनै पनि बेला संक्रमित को अवस्था बिग्रिन सक्छ अप्ठयारो हुन सक्छ आउदो एक दुई हप्ताको समय खासगरि प्रदेश २ को लागि अत्यन्तै चुनौतिपूर्ण छ।’

सोमबार मात्रै प्रदेशका ६ वटा जिल्लामा भेटिएका थप संक्रमित हरु सबैजना भारतबाटै फर्किएको पाइएको छ । सोमबार मात्रै प्रदेश भरिमा थपिएका ८२ जना नयाँ संक्रमित हरु भारतबाटै फर्केर बिभिन्न क्वारेन्टाईनमा बसेको पाइएको छ।

सोमबार प्रदेश २ को सर्लाही जिल्लाका ३८ जना रौतहटका १८, सप्तरीका १२, धनुषाका ७, सिरहाका ५ र महोत्तरी जिल्लाका २ जना नयाँ कोरोना सँकमितहरु भेटिएको प्रदेश नम्बर २ को सामाजिक बिकाश मन्त्रालयले जानकारी दिएको छ।सोमबार प्रदेश २ को सप्तरी जिल्लाका १२ जना संक्रमित हरु भारतबाट फर्केर राजगढ गाउँपालिका स्थित नर्घु माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएको समाजिक बिकाश मन्त्रालयले जानकारी दिएको छ।

यस्तै सिरहा जिल्लामा भेटिएका ५ जना संक्रमित हरु भारतबाट फर्केर सिरहा नगरापलिकाको सुर्य नारायण सत्य नारायण क्याम्पसको होस्टेलमा बनाइएको क्वारेन्टाईनमा बस्दै आएका थिए ।धनुषाका ७ जना संक्रमित हरु भारतबाट फर्केर जिल्लामा रहेको धनौजी र हँसपुर नगरपालिकाको क्वारेन्टाईनमा बस्दै आएका थिए।

यस्तै महोतरी जिल्लामा पनि भेटिएका २ जना संक्रमित हरु पनि भारतबाट फर्केर क्वारेन्टाईनमा बस्दै आएको बेला उनीहरुमा कोरोना भाईरसको सँक्रमण पोजेटिभ देखिएको हो ।सोमबार प्रदेशका सबै भन्दा बढी संक्रमित भेटिएको सर्लाही जिल्लाका ३८ जना संक्रमित हरु पनि भारतकै बिभिन्न स्थानबाट फर्केर आएका थिए।

जिल्लाको कबिलासी नगरपालिका अघरवा माध्यमिक बिधालयको क्वारेन्टाईनमा भारतबाट फर्केर बस्दै आएका ३८ जनामा कोरोना सँक्रमण पुष्टि भएको सचिव घिमिेरेले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

संक्रमित मध्ये ९ बर्षकी बालिका,२६ बर्षिय महिला,१४ बर्षिय बालकसहित एक देखि १८ बर्ष उमेर समुहका ५ जना,१८ देखि ४० बर्ष उमेर समुहका २६ जना र ४० देखि ७० बर्ष उमेर समूहका २ जना संक्रमित हरु थपिएका हुन।

सोही क्वारेन्टाईनमा रहेका एक जना ७० बर्ष माथि उमेर भएका बृद्ध पुरुषमा समेत कोरोना सँक्रमण पुष्टि भएको छ । जिल्लाकै हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका २ जना पुरुषमा समेत कोरोना सँक्रमण देखिएको छ।

रौतहट जिल्लाको यमुनामाई गाउँपालिकामा भारतबाट फर्किए लगतै क्वारेन्टाईनमा बस्दै आएका ३ जना,परोहा नगरपालिकाको क्वारेन्टाईनमा बस्दै आएका १८ देखि ४० बर्ष उमेर समुहका १३ जना र ४० देखि ७० बर्ष उमेर समुहका एक जनामा कोरोना सँक्रमण पुष्टि भएको सचिव घिमिरेले जानकारी दिए ।
यसअघि पर्सा बारामा पनि भारतबाटै फर्केकाहरुमा सँक्रमण देखिन थालेको छ ।सो्मबार थपिएका ८२ जना संक्रमित हरु सँगै प्रदेश २ मा कोरोना भाईरस संक्रमितहरुको संख्या ६ सय ९५ पुगेको प्रदेश २ समाजिक विकास मन्त्रालयले जनाएको छ ।

जेष्ठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू