क्वारेन्टाइन व्यवस्थित गर्न लमहीमा खटिए स्वयमसेवक

दाङ–नेपाल कम्यूनिष्ट पार्टी नेकपा लमही नगरकमिटिले क्वारेन्टाइन व्यवस्थापन गर्न स्वयमसेवक खटाएको छ।

कोरोना भाइरस संक्रमण फैलन नदिनको लागी स्थापना गरिएका क्वारेन्टाइनको व्यवस्थापन गर्न हरेक क्वारेन्टाइनमा पाँच जनाका दरले स्वयमसेवक खटाइएको नगर सचिव बसन्त शर्मा(बिक्रान्त)ले जानकारी दिए।

‘क्वारेन्टाइनमा वस्नेहरुको चाप वढ्दै गएको छ । यस्तो अवस्थामा क्वारेन्टाइनको व्यवस्थापन गर्न जनशक्तिको अभाव हुन सक्छ । त्यही भएर वडा कमिटिबाट पाँच जना स्वयम सेवक खटाउने भएका हौं’उनले भने–‘क्वारेन्टाइन सञ्चालक समिति संगको सहकार्यमा युवाहरु खटिने छन् ।’

लमहीमा १७ ओटा क्वारेन्टाइन छ । हरेकमा पाँच जनाको दरले ८५ जना स्वयमसेवक खट्ने छन् ।

जेष्ठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू