चार वर्षका बालकसहित कर्णालीमा थप ३५ जना नयाँ कोरोना संक्रमित थपिए

सिमकोट-कोरोना संक्रमणको संक्रमणको इपिसेन्टर बन्न लागेको कर्णाली प्रदेशमा सोमबार बेलुका थपा नयाँ ३५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश अस्पताल सुर्खेत र पशुपक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा नयाँ संक्रमित थपिएको र उनीहरु मध्य १६ जना सुर्खेत, नौ जना दैलेख, नौ जना सल्यान र एक जना अछामका रहेका छन्।

नयाँ थपिएको संक्रमित मध्य सुर्खेतको लेकवेशी नगरपालिकामा १६ नयाँ थपिएकामा वडा नम्बर १ का २१, २२, २२, २४, २६,३९, ३६ वर्षका पुरुष र ८ वर्षकी बालिका रहेको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य महाशाखामा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बताए।

त्यसैगरी वडा नम्बर २ का २४ बर्ष, ३ का २६ र ६२ वर्षका, ५ का २५ वर्षका पुरुष रहेका छनु भने पंचपुरी नगरपालिका वडा नम्बर १० का २५ वर्षका पुरुष तथा भेरी गंगा नगरपालिकाका वडा नम्बर ११ का ४ वर्षका बाल र २५ र ६० वर्षमा महिला संक्रमित भएको उनले बताए।

यता दैलेख जिल्लाको नारायण नगरपालिका वडा नम्बर १ का १७ र १९ वर्षका पुरुष, वडा नम्वर ३ का २७, ३० र ३१ वर्षका पुरुष तथा वडा नम्बर ८ का १७ र २३ वर्षका पुरुष नयाँ संक्रमित भएका छन्। त्यसैगरी दैलेखकै चामुण्डा विन्द्रसैनी नगरपालिकाका वडा नम्बर ७ को ४५ वर्षका पुरुष र नौमुले गाउँपालिका वडा नम्बर -२ को २८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो।

त्यस्तै डा. तिवारीका अनुसार सल्यान जिल्ला वनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ का १७, १७, १९ र १९ वर्षका पुरुष तथा वडा नम्बर ४ का २२, २४ र २५ वर्षका पुरुष र वडा नम्बर ६ का २३ र २४ वर्षका पुरुषमा पनि कोरोष पुष्टि भएको छ।

कुल कोरोना पुष्टि भएका मध्य एक जना अछाम जिल्ला चौरपाटी गाउँपालिका वडा नम्बर २ को ३१ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको डा. तिवारीले बताए। उनीहरु सबै केही दिन अगाडी भारतबाट आएका हुन।

अब कर्णालीको कोरोना संक्रमितको संख्या २३३ पुगेको छ भने एक जनाको मृत्यु भै सकेको छ । कर्णालीमा दश जिल्लामा मध्य अब हुम्ला, डोल्पा, रुकुम पश्चिम र जाजरकोट कोरोनाबाट सुरक्षित रहदै आएका छन् । बाँकी छ जिल्लामा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ।

जेष्ठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू