दाङमा थपिए नौंजना संक्रमित, सबै भारतबाट आएका

दाङ–दाङमा सोमबार थप नौं जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। सबै संक्रमित घोराही उपमहानगरपालिकाको रामपुर क्वारेन्टाइनमा बसेकाहरु रहेका छन्। ७ जना पुरुष र दुई जना महिला गरी नौं जनामा कोरोना पुष्टी भएको हो।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर जाँचमा घोराही–२ निवासी ४६ बर्षिय, सोही ठाउँका ४० बर्षिय पुरुष, ४५ बर्षिय पुरुष, २६ बर्षिय पुरुष, १९ बर्षिया महिलामा घोरोना संक्रमण पुष्टी भएको छ।

यस्तै घोराही–१७ का २० बर्षिय पुरुष, घोराही–१ का ३० बर्षिय पुरुष, सोही ठाउँकी ११ बर्षिय बालिका र वडा नं. ५ का ५३ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो।

सबै भारतबाट आएका व्यक्तिहरु रहेको सम्वद्ध अधिकारीहरुले जनाएका छन्। जिल्लामा यो सहित कोरोना संक्रमितको संख्या ४३ पुगेको छ। जस मध्य एक जना निको भएर घर फर्किएका छन्।

जेष्ठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू