बाँके दुर्घटनामा ज्यान गुमाउने सबैको परिचय खुल्यो (विवरणसहित)

दाङ– नेपालगञ्जबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनाको पहिचान खुलेको छ।

यीमध्ये चार जनाको सनाखत भएको छ। बाँकीको सनाखद हुने क्रममा रहेको छ। राप्ती सोनारी गाउँपालिका वडा नं. २ ठुरियाको जंगलमा ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा फोर्स गाडीका चालक, सह–चालक सहित १२ जनाको मृत्यु भएको प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।

गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको छ।

दुर्घटनामा परेर ठेगाना नखुलेका निमबहादुर ओली, नरेन्द्र विक, रुन्टीगढी–६ होलेकीका मोहनचन्द्र विक, बुद्धिराम विक, थवाङ–३ रोल्पाका भिमबहादुर विक, राजपुर गाउँपालिका–६ दाङका रामकुमार पुनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

यस्तै शान्तिनगर–३ दाङ एकै ठाउँका तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पूर्णबहादुर पुन, सीता पुन, हिमान्सु थापा रहेका छन्।

यस्तै वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतका रितेश कार्कीको मृत्यु भएको छ।

दुर्घटनामा परेर घाइते भएकामध्य सिद्धकुमाख–५ सल्यानका देवेन्द्र खड्का, सोही ठाउँका ज्ञानबहादुर बोहरा, सारदा नगरपालिका–६ सल्यानका टिका चलाउने, दाङ सैघा निवासी देउविर विक, सल्यान सिद्धकुमाख–४ का शिव भण्डारी अवस्था गम्भीर छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राति सवा १२ बजे हाइस दुर्घटनामा परेको हो।

११ जनाको घटनास्थमा र एक जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो। घाइते २३ जनाको बाँकेमा उपचार भइरहेको छ।

जेष्ठ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू