देशभरको मौसम दिनभर र राति कस्तो रहन्छ?

काठमाडौँ – काठमाडौँ उपत्यकासहितका स्थानमा मंगलबार बिहानैदेखि घाम लागेको भए पनि देशका अधिकांश स्थानमा हाल आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा रहेको न्युन चापीय क्षेत्रको आंशिक प्रभाव छ । यस्तै नेपालको पूर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेकाले पनि मौसम बदली भइरहेको हो ।

मंगलबार दिउँसो पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

यसैगरी राति देशका अधिकांश स्थान अर्थात प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली हुने छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली हुने मौसमविदले बताएका छन् । । प्रदेश १ का थोरै स्थानमा मेघगर्जन रचट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

जेष्ठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू