राजधानीका होटलमा व्यापारी जुवामा मस्त!

फाइल तस्बिर

काठमाडौँ – काठमाडौँको  कमलादीस्थित एक होटेलबाट सोमबार साँझ प्रहरीले चर्चित व्यापारीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। पक्राउ परेका व्यापारीमा बैंक सन्चालक र प्रतिष्ठित व्यापारीक समूहका सदस्यहरु छन्।

प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको हो ।

रामचन्द्र संघाई एनआईसी एसिया बैंकका सञ्चालक हुन् । संघाईलाई गएको वर्ष नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित गरिएको थियो । संघाई ग्रुपका संचालक हुन्।

अशोक अग्रवाल र विमल अउजा विशाल ग्रुपका संचालक हुन् । अशोककुमार अग्रवाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का संचालक पनि हुन । प्रहरीले दुई लाख ७७ हजार सात सय २० रुपैयाँ नगद र एक सय ७९ वटा चिप्स बरामद गरेको छ।

जेष्ठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्