क्वारेन्टिनमा एक महिलाको मृत्यु, पीसीआर परीक्षण हुँदै

धनगढी – बैतडीमा क्वारेन्टिनमा रहेकी एक महिलाको मंगलबार बिहान मृत्यु भएको छ।

पुर्चौडी नगरपालिका–४ भटनामा रहेको मालिका माविको क्वारेन्टिनमा बसेकी २२ वर्षे सुनिता लुहारको मृत्यु भएको नगरपालिकाका प्रवक्ता दले धामीले जानकारी दिए।

मृतक लुहार मुटु रोगको बिरामी रहेको र स्वास्थ्यकर्मीसहितको टोली क्वारेन्टिनमा गएको उनले जानकारी दिए ।

मृतक महिला जेठ १६ गते भारतबाट स्वदेश फर्किएकी वडाअध्यक्षले जानकारी दिए । उनको स्वाब संकलन गरी परीक्षणकाे तयारी भइरहेको बताइएको छ ।

जेठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्