लकडाउन खुकुलो पार्न विज्ञापन संघको आग्रह

काठमाडौँ – नेपाल विज्ञापन संघ (आन)ले लकडाउनलाई खुकुलो पार्दै कामहरु सुचारु गर्न सरकारसँग आग्रह गरेको छ।

आनले लामो समयदेखि गरिएको लकडाउनका कारण आर्थिक क्रियाकलाप परेको प्रभावलाई मध्यनजर गरी लकडाउनको साटो अर्को विकल्प खोज्न सरकारसँग आग्रह गरेको हो।

लामो समयसम्मको लकडाउनले गर्दा आम सर्वसाधारण जनता एवं उद्योेग,व्यवसाय, कलकारखाना, सेवा, उद्योग, आमसञ्चार क्षेत्रमा पर्न जाने असरलाई मध्यनजर गरी बिस्तारै सुरक्षित तवरबाट जनजीवनलाई सहज हुने गरी केहि खुकुलो पार्न आवश्यक भएको संघले जनाएको छ।

यस्तै आम नागरिकको स्वास्थ्य एवं जनजीविकालाई पुर्नविचार गर्दै लकडाउनको तरिकालाई विश्लेषण गरी अन्य समाधानका उपायहरुको खोजी गर्न नेपाल सरकार समक्ष संघ आग्रह गरेको हो।

राज्यले एक अभिभावकको भूूमिका निर्वाह गर्दे रोगको माहामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई सँगसँगै अगाडि वढाउन सरोकारवालापक्ष तथा विशेषज्ञ समेतको परार्मश गरी मध्यम मार्ग प्रसस्त गर्न अपरिहार्य रहेको संघको विज्ञप्तीमा उल्लेख छ।

जेष्ठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्