भीजी फाउन्डेसनद्वारा स्वास्थ्य सामग्री प्रदान

काठमाडौँ–विशाल ग्रुपको सामाजिक उत्तरदायित्व विभाग भीजी फाउन्डेसनले स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक मेडिकल सामग्रीहरु हस्तान्तरण गरेको छ।

भीजी फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव प्रसाद कोइराला र अन्य उच्च अधिकारीहरुको उपस्थितिमा पाँच सय थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), दुई सय थान इन्फ्रारेड थर्मोमिटर र आठ हजार नौ सय ५० थान एन ९५ मास्क हस्तान्तरण गरेको हो।

नेपालमा कोभिड १९ को संक्रमण फैलिरहेको बेला, यो रोगविरुद्ध नेपाल सरकारको अभियानलाई सहयोग पु¥याउने उद्देश्यले उक्त सहयोग गरिएको फाउण्डेशनले जनाएको छ।

समाज र देशप्रतिको जिम्मेबारी बहन गर्दै भीजी फाउन्डेसनले निमुखा वर्गलाई खाद्यान्न र काठमाडौँ उपत्यकाभित्रका अस्पतालहरुमा स्यानिटाइजर र सर्जिकल मास्क वितरण गर्दै आएको छ ।

जेष्ठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्