राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७’ को मस्यौता परिमार्जनका लागि सुझाव माग

काठमाडौँ-नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७’ को मस्यौता परिमार्जनका लागि राय सुझावको माग गरेको छ।

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी गुणाकरण भट्टले कोरोना भाइरसका कारणले अर्थतन्त्रमा पारेको प्रभावका कारण मस्यौदा परिमार्जका लागि सरोकारवाला निकाय लगायत आम नागरिकहरुसँग राय तथा सुझावको आह्वान गरिएका जानकारी दिए।

उनले मस्यौदा परिवर्तनका लागि सुझावहरु १५ दिनभित्र लिखित अथवा इमेल मार्फत उपलब्ध गराउन सकिने बताए। उनले भने, ‘उक्त सुझाव १५ दिनभित्र पठाइसक्नु पर्नेछ। सुझाव दिनेहरुले आफूलाई उपयुक्त हुने तरिकाले लिखित र बैंकको इमेलमार्फत पठाउन सक्नेछन्।’

यस्तै उनले तीब्र रुपमा फैलिएको कोरोना भाइरसले देशको अर्थतन्त्रमा पारेको प्रभावलाई मध्यनजर गरी केहि क्षेत्रलाई विशेष राहत दिनु पर्ने तथा सजिलो रुपमा कर्जा उपलब्ध गराउन परिमार्ज गर्न लागेको बताए। ‘अहिलेसम्म पुनर्कर्जालाई व्यवस्थीत बनाउन सकिएको थिएन’ उनले भने ‘अब व्यवस्थित बनाउन परिमार्जन गर्न लागेका हौ।’

उनले पहिले पुनरकर्जा दिन सक्ने सिमा ५० करोड भएको बताए। तर अहिले साना, घरेलु तथा विशेष गरे लघु उद्यमीहरुमा लाभान्वित हुने गरी त्यसको सीमा घटाएर १० करोड रुपैयाँ राखिएको उनले बताए।

उनका अनुसार यसो गर्दा बैंकका हरेक शाखाले पुर्नकर्जा दिनु पर्ने र यसले लघु उद्यमी तथा साना उद्यमीहरुलाई विशेष प्रोत्साहन दिनेछ।

भेलीका दिनमा सहज वातावरण भएपछि बैंकहरुलाई परिचालन गर्न र कर्जा दिन सजिलो होस भनेर बैंकले यस्तो व्यवस्था गरेको उनले बताए।

भोलीका दिनमा सहज दिन भएपछि बैंकहरुलाई साधन परिचालन गर्न र कर्जा दिन सजिलो होस भनेरराष्ट्र बैंकले यो व्यवस्था गरेको हो।

जेठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्