लकडाउन उल्लंघन गर्ने १ हजारभन्दा बढी सवारी प्रहरी नियन्त्रणमा, पासमा पनि कडाइ

काठमाडौँ-सरकारले घोषणा गरेको लकडाउनको उल्घंन गर्ने १ हजारभन्दा बढी सवारी साधनलाई ट्राफिक प्रहरीलाई नियन्त्रणमा लिएको छ।

लकडाउन उल्लंघन गर्ने १ हजार३ सय ५० वटा २ पाङ्ग्रे र १९५ वटा पाङ्ग्रे गरी १ सय ५ सय ४५ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले दिए ।

उनले भने, ‘आज विहान ६ बजे देखि वेलुका ६ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।’ कोरोना भाईरसको रोकथाम तथा संक्रमण रोक्नको लागि नेपाल सरकारले लकडाउन गरेको हो, लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पूर्णको सुरक्षाको लागि हो।’

यसकासाथै लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन पनि ढकालले आग्रह गरे। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारी साधनहरू चेकजाँच गर्ने व्यवस्था मिलाएको छ।

यस्तै प्रहरीले भित्रि एरियाको लागि भने मोटरसाईकलमा ट्राफिक प्रहरी खटाएको छ।

काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ४७,३३८ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको महाशाखाले जनाएको छ।

पास भएकालाई पनि विशेष निगरानी


पास भएर पनि शान देखाउदैँ घुम्न निस्कने, तीव्र गतिमा कुदाउने, एक व्यक्तिको नाममा भएको पास अर्को व्यक्तिलाई दिने उपर महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए।


दैनिक रुपमा संक्रमितको संख्या बढ्दै गइरहेको अबस्थामा सडक प्रयोगकर्ताहरुसंग प्रत्यक्ष सम्पर्कमा आउनुपर्ने ट्राफिक प्रहरीलाई हुन सक्ने जोखिम न्युनिकरण गर्नका लागी ट्राफिक प्रहरी महाशाखाले पिपिई (पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट) र फेस सिल्ड (भाईजर) सहित ड्युटी परिचालन गर्नुका साथै सामाजिक दूरी कायम राखि सुरक्षित भई चेकजाँचको व्यबस्था समेत मिलाएको प्रवक्ता एसपी श्रेष्ठले बताए।

जेठ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्