पसल खोल्न पाउनुपर्ने माग गर्दै मैतीदेवीमा नाराबाजी

पसल खोल्न पाउनुपर्ने माग गर्दै सडकमा निस्केका मैतीदेवीका व्यापारी

काठमाडौँ – अत्यावश्यक बाहेकका पसलहरु पनि खोल्न पाउनुपर्ने माग राख्दै काठमाडौँको मैतीदेवीका व्यापारीहरुले नाराबाजी गरेका छन्।

बुधबार बिहान लकडाउनको उलंघन गर्दै खोलिएका पसलहरु प्रहरीले बन्द गराएपछि व्यापारीहरुले नाराबाजी गरेका हुन् । उनीहरुले पर्याप्त स्वास्थ्य सावधानी अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने भन्दै नाराबाजी गरेका थिए ।

सो क्रममा प्रहरी र व्यापारीबीच केहीबेर तनाव भएको थियो । व्यापारीको नाराबाजीकैबीच प्रहरीले सबै पसलहरु बन्द गराएको छ । सरकारले लक डाउनकैबीच करका लागि ताकेता गरिरहेकाे तर व्यापार व्यवसाय गर्न नदिएकाे भन्दै व्यापारीहरु आक्रोशित छन् ।

मंगलबार काठमाडौँको बौद्ध क्षेत्रका व्यापारीहरुले पनि व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने भन्दै विरोध जनाएका थिए । उता कैलालीको धनगढीमा उद्याेग वाणिज्य संघले मोडालिटी परिवर्तन नगरे जारी लकडाउनको उलंघन गर्ने चेतावनी दिएकाे छ।

झण्डै ढाई महिनादेखि लकडाउनको इमान्दारीका साथ पालना गरिरहेका व्यापारीहरु सरकारले एकाएक करका लागि ताकेता गरेपछि आक्रोशित छन् ।

जेष्ठ २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू